नायिका मिरुना मगरमाथि दुर्व्यवहार गरेको आरोप लागेका यी युवा माथि अभद्र व्यवहारको मुद्दा — OSNepal

नायिका मिरुना मगरमाथि दुर्व्यवहार गरेको आरोप लागेका यी युवा माथि अभद्र व्यवहारको मुद्दा

LC (KTM) May 31, 2022 0

काठमाडौं । कबड्डी ४ कि नायिका मिरुना मगरमाथि दुर्व्यवहार गरेको आरोप लागेका तामाङमाथि अभद्र व्यवहारको मुद्दा चलाइने भएको छ । फिल्म हलभित्र आफूलाई पिठ्यूमा गलत तरिकाले छोएर दुर्व्यवहार गरेको आरोप लगाएकी मिरुनाले युवकविरुद्ध प्रहरीमा जाहेरी दिएकी छन् ।

तामाङ थरका युवक अहिले प्रहरी हिरासतमा रहेका छन् । प्रहरीले उनीमाथि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अभद्र व्यवहारमा म्याद थप गराएको बताइएको छ । आरोप प्रमाणित भएमा उनले १ वर्ष जेल सजाय पाउने छन् ।

सिभिल मलको कफि सपमा नायिका र युवकबीच विवाद भएको थियो । अन्तमा युवकले कान समातेर माफी मागे पनि मिरुनाले उनलाई प्रहरीको जिम्मा लगाएकी थिइन् ।यो षियले अहिले सिने जगत गर्माएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर