न्युयोर्कमा नेपाल र नेपालीको पहिचान झल्काउने 'नेपाल डे परेड' भव्य रुपमा सम्पन्न, हेर्नुहोस् यी दृश्यहरु — OSNepal

न्युयोर्कमा नेपाल र नेपालीको पहिचान झल्काउने ‘नेपाल डे परेड’ भव्य रुपमा सम्पन्न, हेर्नुहोस् यी दृश्यहरु

LC (KTM) May 31, 2022 0

काठमाडौँ ।

संसारकै पर्यटनको केन्द्र रहेको न्युयोर्कमा नेपाल र नेपालीको पहिचान झल्काउने ‘नेपाल डे परेड’ भव्य रुपमा सम्पन्न भएको छ । नेपाललाई विश्व सामु चिनाउन विशेष भूमिका खेल्ने पवित्र ऊद्देश्यका साथ मे २२ तारिखका दिन ‘नेपाल डे परेड’ भव्य रुपमा सम्पन्न भएको हो ।

सो अवसरमा एनआरएनए अमेरिका ,न्युयोर्क च्याप्टर अध्यक्ष तथा नेपाल डे परेड अध्यक्ष आंग छिरिङ्ग शेर्पाको सभापतित्व तथा संयुक्त राष्ट्र संघका स्थाई प्रतिनिधि महामहिम राजदुत अमृत बहादुर राईको प्रमुख अतिथिमा सम्पन्न भएको हो ।

कार्यक्रमको विशेष अतिथिका रुपमा Deputy commissioner of mayor office for international affairs Dilip Chouhan Mayer office , Grace Meng, Congresswoman , Jeanette Moy, Commissioner from NYS Governor Office , Nabaraj KC, President, College Point Civic & Taxpayers Association
रहेका थिए ।

कार्यक्रममा महाबाणिज्यदुत बिष्णु गौतम , बाणिज्यदुत गणेश प्रसाद अधिकारी , एनआरएनए अमेरिका अध्यक्ष बुद्दिसागर सुबेदी , एनआरएनए अमेरिका पुर्ब अध्यक्ष खगेन्द्र जी सी, नेपाल डे परेड पूर्व अध्यक्ष निमा शेर्पा, लगायत न्यु योर्क सिटी बाट प्रतिनिधि हरुको उपस्थिती रहेको थियो ।

सो अवसरमा बोल्दै एनआरएन न्यूर्योक च्यापटरका अध्याक्ष आंग छिरिंग शेर्पा , कन्भेनर भाई विकास रूवाली , आर्थिक विभाग प्रमूख टक रूवालीलाई विशेष धन्यवाद व्यक्त गरेका थिए ।

परेड आर्थिक विभाग प्रमूख टक रूवाली एनआरएन न्यूर्योक अध्यक्ष आंग छिरिंग शेर्पा र कृष्ण आचार्यको सक्रियताले सहयोग संकलन सम्भव  भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर