निर्वाचन आयोगले सरकारको कठपुतली भई कानुन र लोकतन्त्रको धज्जी उडाउने काम गर्यो : नारायणकाजी — OSNepal

निर्वाचन आयोगले सरकारको कठपुतली भई कानुन र लोकतन्त्रको धज्जी उडाउने काम गर्यो : नारायणकाजी

LC (KTM) June 15, 2021 0

काठमाडौँ १ असार । नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले ‘ निर्वाचन आयोग सरकारको कठपुतली भई कानुन र लोकतन्त्रको धज्जी उडाउने काम गरिरहेको आरोप लगाएका छन् । श्रेष्ठले आयोगको यस्तो काम लज्जास्पद र भर्त्सनायोग्य भएको बताएका छन् ।

निवार्चन आयोगको पछिल्लो निणर्य यसको उदाहरण भएको बताएका छन् । जनता समाजवादी पार्टीको आयोगले गरेको निणर्य र नेकपाको निणर्य उस्तै भएको बताएका श्रेष्ठले राजनीतिक पार्टीहरुले पनि आफ्नो प्रत्यक्ष स्वार्थ वा हितसँग नजोडिदासम्म नबोल्ने वा तमासे बन्ने स्थिति अन्त्य गर्नुपर्छ ।लोकतन्त्र पक्षधर सबै मिलेर संवैधानिक अङ्गको यसप्रकारको गलत कार्यलाई समयमै रोकिहाल्नु पर्ने बताएका छन् ।

श्रेष्ठले सामाजिक सञ्जाल फेसबुक मार्फत भनेका छन् , ‘निर्वाचन आयोग सरकारको कठपुतली भई कानुन र लोकतन्त्रको धज्जी उडाउने काम गरिरहेछ । संवैधानिक आयोगको यस्तो कार्य लज्जास्पद र भर्त्सनायोग्य छ । जसपा बारेको पछिल्लो निर्णयमा यो स्पष्ट भएको छ । नेकपाको बारेमा पनि यस्तै गरिएको थियो । अहिलेको राजनीतिक अस्थिरता र संकटको कारण त्यो पनि पनि हो ।

राजनीतिक पार्टीहरूले पनि आफ्नो प्रत्यक्ष स्वार्थ वा हितसँग नजोडिँदासम्म नबोल्ने वा तमासे बन्ने स्थिति अन्त्य गर्नुपर्छ । लोकतन्त्र पक्षधर सबै मिलेर संवैधानिक अंगको यसप्रकारको गलत कार्यलाई समयमै रोकिहाल्नुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर