नेप्लिज एसोसियसन अफ नर्दन क्यालिफोर्नियाको अध्यक्षमा प्रितेश कार्की — OSNepal

नेप्लिज एसोसियसन अफ नर्दन क्यालिफोर्नियाको अध्यक्षमा प्रितेश कार्की

LC (KTM) June 03, 2022 0

काठमाडौँ ।

नेप्लिज एसोसियसन अफ नर्दन क्यालिफोर्नियाको अध्यक्षमा प्रितेश कार्की चयन भएका छन् ।

उत्तरी क्यालिफोर्निया निवासी नेपालीहरुको संस्था नेप्लिज एसोसियसन अफ नर्दन क्यालिफोर्नियाको मे ३० मा सम्पन्न निर्वाचनले प्रितेश कार्कीको अध्यक्षतामा १३ सदस्यिय समिती निर्विरोध चयन गरेको हो ।

अध्यक्ष कार्कीसहित १३ सदस्यिय समिती निर्विरोध निर्वाचित भएको हो। अध्यक्षमा कार्की चयन हुँदा क्रमश बरिष्ठ उपाध्यक्षमा कल्पना लामा, उपाध्यक्षमा संगिता विश्वकर्मा, महासचिवमा यज्ञ नेपाल र कोषाध्यक्षमा किलेश्वर मल्ल चयन भएका छन्।

सदस्यहरुमा प्रतिक्षा हमाल, रोहित क्षेत्री, रोमन श्रेष्ठ, डिल्ली प्रसाद भट्टराई, सुरेश भट्ट, बासुदेव बुढा क्षेत्री, राजन कंडेल र सारिका थापा चयन भएका छन्। निर्वाचित नयां समितीले जुन ५ का दिन पद तथा गोपनियताको सपथ लिने मे निर्वाचन अधिकृत लक्ष्मण अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाईएको छ।

नेप्लिज एसोसियसन अफ नर्दन क्यालिफोर्नियाको बे एरियामा सामुदायिक केन्द्र निर्माणसंग प्रत्यक्ष जोडिएर अग्रणी भूमिका खेलीरहेको छ ।

नयाँ कार्यसमितिको कार्यअवधी २०२४ सम्म रहनेछ । यो अवधिमा नयां टिमले सामुदायीक भवन निर्माणको काम गर्ने विश्वास लिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर