म्याग्दीका भण्डारीले प्लाष्टिक घरभित्र उत्पादन गरे बेमौसमी सागखेती — OSNepal

म्याग्दीका भण्डारीले प्लाष्टिक घरभित्र उत्पादन गरे बेमौसमी सागखेती

LC (KTM) June 15, 2021 0

म्याग्दीको बेनी नगरपालिका–५ डडुवाका किसान भगवान भण्डारीले प्लाष्टिक घरभित्र गरेको बेमौसमी सागखेती । तस्बिर ः सन्तोष गौतम÷रासस
ग्रामीण क्षेत्रमा कोरोना सङ्क्रमणमा वृद्धि:- जिल्लामा दोस्रो चरणको कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार हालसम्म जिल्लामा कुल एक हजार २०० जनामा सङ्क्रमण पुष्टि भएको छ ।

ती मध्ये ५० जनाले कोरोना जित्न सफल भएका छन् । सङ्क्रमण पुष्टि भएकामा अधिकांश युवा उमेरका व्यक्ति रहेका कार्यालयका परिवार नियोजन निरीक्षक सूर्य विष्टले जानकारी दिनुभयो । जिल्लाका ग्रामीण भेगमा सङ्क्रमणका बिरामी बढी रहेको बताइएको छ ।

भारतबाट रोजगारी गरी घर फर्किएका यहाँका नागरिकका कारण जिल्लामा सङ्क्रमण फैलिएको स्थानीयवासीको बुझाइ रहेको छ । यहाँका शहर बजारभन्दा पनि गाउँमा बढी कोरोना सङ्क्रमित भएको कार्यालका मेडिकल सुपरीटेन्डेन्ट कृष्ण जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँका शहर बजारमा भएका कोरोना सङ्क्रमित निको भइसकेका छन्, गाउँघरमा कोरोना सङ्क्रमित बढ्दै गएका छन्, गाउँबाट बढी समस्या देखिने अवस्था छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर