निरन्तरको वर्षाले मर्स्याङ्दी नदीमा भिषण बाढी, तालगाउँ र चामे बजार डुबे — OSNepal

निरन्तरको वर्षाले मर्स्याङ्दी नदीमा भिषण बाढी, तालगाउँ र चामे बजार डुबे

LC (KTM) June 15, 2021 0

काठमाडौँ– केहीदिनदेखिको निरन्तरको वर्षाका कारण मनाङको तालगाउँ र चामे बजार डुबानमा परेका छन् । जिल्ला प्रहरी कार्यालय मनाङका अनुसार नासों गाउँपालिका १ मा पर्ने तालगाउँ सोमबारदेखिको निरन्तरको वर्षाका कारण मर्स्याङ्दी नदी बढेर बाढी आएर डुबानमा परेको हो ।

मनाङका प्रमुख जिल्ला अधिकारी बिष्णु लामिछानेका अनुसार पानी निरन्तर परीरहेकाले मर्स्याङ्दी छेउमा रहेका ताल गाउँका ६० घरमध्ये ३० घर डुबानमा परिसकेका छन् । प्रशासनले यसअघि नै शर्तकता अपनाउँदै उक्त गाउँका स्थानीयहरुलाई सुरक्षीत स्थानमा सारेकाले मानविय क्षती भने हुन पाएन ।

उक्त स्थानमा प्रहरी परिचालन गरिसकिएको मनाङका प्रहरी प्रमुख डिएसपी सुवास खड्काले उक्त क्षेत्रमा प्रहरी खटिसकेको बताए । तालमा रहेको प्रहरी चौकीका टोली र स्थानीय उक्त क्षेत्रको उद्धारमा लागेको डिएसपी खड्काले बताए । मर्स्याङ्दी नदीमा पानीको बहाव बढ्दै जाँदा पानी थुनिएर वस्ती माथि डुबाउँदै आएको स्थानीयले जानकारी दिए । चामेस्थित तातोपानी कुण्ड नदीले बगाएको छ भने पारी पट्टीका केही घरहरु डुब्न थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर