मुख्‍यमन्‍त्री पोखरेललाई शर्माको सुझाव : पद आउँछ,जान्छ तर स्मृतिमा रहन्छ कर्महरू — OSNepal

मुख्‍यमन्‍त्री पोखरेललाई शर्माको सुझाव : पद आउँछ,जान्छ तर स्मृतिमा रहन्छ कर्महरू

LC (KTM) June 15, 2021 0

काठमाडौँ १ असार । नेपाली कांग्रेसका प्रवक्‍ता विश्‍वप्रकाश शर्माले हालै गण्‍डकी प्रदेशका मुख्‍यमन्‍त्री पदमा नियुक्त भएका कृष्‍णचन्‍द्र नेपाली पोखरेललाई इमान, पारदर्शिता र नम्रतालाई केन्द्रमा राखेर काम गर्न सुझाव दिएका छन् । शर्माले समाजिक सञ्जाल मार्फत मुख्यमन्त्री पोखरेललाई यस्तो सुझाव दिएका हुन् ।

‘समय संवेदनशील छ। राम्रो सावित हुन धेरै राम्रो गर्नुपर्छ,आलोचित हुन एक गल्ती या एउटा भ्रम काफी हुन्छ। त्यसैले छायाको होइन ऐनाको सुझाव लिनुहोस्। हेक्का रहोस् तपाईंको कर्मसँग पार्टीको आगामी छवि गाँसिन्छ’ पत्रमा उनले भनेका छन् ।

पद आउँद जान्छ तर , स्मृतिमा रहन्छ कर्महरु भन्दै शर्माले पोखरेललाई गलत निर्णय नगर्न, सच्याउन र नकारात्मक प्रचार चिर्न संयोजन गर्न आग्रह गरेका छन् । ‘राम्रो सावित हुन धेरैवटा राम्रो गर्नुपर्छ! आलोचित हुन एक गल्ती या एक भ्रम काफी हुन्छ ! फुकेर चल्नोस्, सोचेर बोल्नोस्, सहि निर्णय गर्नोस्, समय शंवेदनसिल छ’ ! पत्रमा शर्मा लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर