फुस्रे खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका गुरुङको शव फेला — OSNepal

फुस्रे खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका गुरुङको शव फेला

LC (KTM) June 07, 2022 0

पोखरा :

पोखराको फुस्रे खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका गुरुङको शव फेला परेको छ ।

पोखराको दोबिल्लामा रहेको फुस्रे खोलामा पौडी खेल्ने क्रममा स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका ७ बेशीगाउँका पूर्ण गुरुङ शनिबारको दिउसोबाट बेपत्ता भएका थिए । बेपत्ता भएका गुरुङको शव सोमबार बिहान साढे ८ बजे पोखरा महानगरपालिका -३३ मुसीटुडा भन्ने ठाउमा पानीमा तैरिहरेको अबस्थामा फेला परेको हो ।

फुस्रे खोलामा पौडी खेल्न ७ जना गएकोमा गुरुङलाई खोलाले बगाएर बेपत्ता भएका थिए । बेपत्ता गुरुङको खोजि गर्न नेपाल प्रहरी, सशत्र प्रहरी बल, नेपाली सेना मिलेर खोजी कार्य गरेको थियो । मृतक गुरुङका दाई तेल बहादुर गुरुङले शवको सनाखत गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर