नारायणी नदीले बजायो खतराको घण्टी, पानीको सतह ८ मिटरभन्दा माथि पुगेपछि बोल्यो प्रशासन — OSNepal

नारायणी नदीले बजायो खतराको घण्टी, पानीको सतह ८ मिटरभन्दा माथि पुगेपछि बोल्यो प्रशासन

LC (KTM) June 15, 2021 0

चितवन । केही दिनदेखिको निरन्तरको वर्षाका कारण देशभरका खोलानालाहरु बढीरहेका छन् । जसका कारण ठूला नदीहरुले आफ्नो खतराको तह पार गरेका छन् ।

जसमध्येको एक हो नारायणी नदी । जहाँ पानीको सतहले चेतावनीको तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार नारायणी नदीमा पानीको सतह ७.३ भन्दा माथि नाघेर ७.८ मिटर पुगेको छ । ​८ मिटरभन्दा माथि पुगेपछि खतराको तहमा नदी पुगेको मानिन्छ ।

चितवन आसपासका क्षेत्रमा केहीदिनदेखिको अविरल वर्षापछि नारायणीमा भिषण बाढी आइरहेकाले यसले खतराको तह पार गरेको र पहाडी क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले नारायणीमा पानीको सतह अझै बढ्न सक्ने हुँदा सचेत रहन जिल्ला प्रशासन कार्यालय चितवनले आग्रह गरेको छ । नारायणीमा पानीको सतह बढ्दा त्यसले पश्चिम चितवन क्षेत्रमा कटान र डुबान हुने खतरा बढेको भन्दै प्रशासनले सबैमा सर्तक हुन आग्रह पनि गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर