सरकारले तोकेको समयमा इम्बोस्ड नम्बर दिन सक्दैनौ -यातायात ब्यवस्था कार्यालय पोखरा — OSNepal

सरकारले तोकेको समयमा इम्बोस्ड नम्बर दिन सक्दैनौ -यातायात ब्यवस्था कार्यालय पोखरा

LC (KTM) June 07, 2022 0

सरकारले एक महिना समयावधि तोकेर सबै सेवाग्राहीलाई इम्बोस्ड नम्बर प्लेट दिन निर्देशन दिए संगै यातायात ब्यवस्था कार्यालय तनावमा देखिएका छन् । यातायात व्यवस्था कार्यालय कास्कीले त बिज्ञप्ति नै निकालेर तत्काल सबै सेवाग्राहीलाई इम्बोस्ड नम्बर प्लेट दिन नसक्ने जनाउ दिईसकेको छ ।

कार्यालयले मंगलबार एक सूचना जारी गरी सेवाग्राहीलाई सेवा दिन सक्ने गरी पूर्वाधार र जनशक्ति नभएको भन्दै सबैलाई इम्बोस्ड नम्बर प्लेट दिन नसक्ने जनाउ दिएको हो ।

पोखरास्थित यातायात व्यवस्था कार्यालयले नयाँ र सरुवा दर्ता भई आउने सवारी साधनमा मात्र इम्बोस्ड नम्बर प्लेट दिन सकिने बताएको छ ।कार्यालयले जारी गरेको विज्ञप्तिमा सेवाग्राहीलाई सेवा दिन सक्ने गरी पूर्वाधार र जनशक्तिको व्यवस्थापन थप नभएको भन्दै कार्यालयमा नयाँ तथा सरुवा दर्ता भई आउने सवारी साधनमा मात्र इम्बोस्ड नम्बर प्लेट जडान गर्ने कार्य सुचारु रहने जानकारी गराईएको छ ।

कार्यालयले आफूहरुको क्षमता दिनमा ४० देखि ५० जनाको बायोमेट्रिक लिने र डकुमेन्ट स्क्यान गर्ने मात्र रहेको बताएको छ । सरकारले एक महिना समयावधि तोकेर साउन १ गतेबाट सबै सवारीमा इम्बोस्ड नम्बर प्लेट लागू गर्ने नत्र कारवाही गर्ने भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर