कोरियन भाषा सिक्ने हो ? अब कुनै चिन्ता छैन , मोबाइल बाटै सिक्ने यस्तो छ सजिलो तरिका — OSNepal

कोरियन भाषा सिक्ने हो ? अब कुनै चिन्ता छैन , मोबाइल बाटै सिक्ने यस्तो छ सजिलो तरिका

LC (KTM) June 07, 2022 0

दक्षिण कोरिया नेपालीहरुको लागि बैदेशिक रोजगारीको राम्रो गन्तब्य बनिरहेको छ । यस देशमा जानका लागि त्यहाँको भाषा परिक्षा उतिर्ण हुनु पर्छ । अब कोरियाको तयारी गरिरहेका परिक्षार्थीहरुको लागि एकदमै खुशीको खबर आएको छ । अब मोबाईल एप र वेभसाइट मार्फत कोरियन भाषा परिक्षाको तयारी गर्न सकिनेछ । यसबर्ष देखि सीबीटी कम्प्युटर बेस टेस्टरयुबिटी अर्थात कम्प्युटर प्रविधिबाट हुने पक्का भएको छ ।

यसअघि पेपर बेसमा हुने परीक्षा अब कम्प्युटर प्रविधिबाट हुने भएको हो । यस सँगै परीक्षार्थीको सहजताका लागि टपिकईपिएस वेभसाइट र मोबाइल एप्लिकेशन सञ्चालनमा आईसकेको छ । टपिक इपिएस डटकम वेभसाइट र टपिक इपिएस नामको मोबाइल एप्लिकेशनबाट परीक्षार्थीले प्रश्नपत्रको एकदमै धेरै अभ्यास गर्न सक्नेछन् । इपिएस टपिकको यस वर्षको कृषि समूह अन्तर्गतको परीक्षा ज्येष्ठ १९ गतेबाट सुरु भैसकेको छ भने उत्पादन मुलक तर्फको परीक्षापनि छिट्टै सुरु हुने बताईएको छ।

दक्षिण कोरिया सरकारले तोकेको परीक्षाको मापदण्ड अनुसार यसवर्षदेखि पढ्ने र सुन्ने विधिमा मात्र कम्प्युटर प्रविधिमार्फत परीक्षा हुन्छ । परीक्षा हुने विधि अनुसार नै टपिक इपिएस मोबाइल एप र वेभसाइटमा परीक्षार्थीले अभ्यास गर्न सक्नेछन् । यसलाई कसरी प्रयोग गर्ने भन्ने बारे आज हामी तपाई लाई जानकारी दिदैछौ । टपिक इपिएस एप र वेभसाइटमा प्रयोगकर्ताले साइनअप गरेसँगै उनीहरुले परीक्षणका निम्ति निःशुल्क प्रश्नपत्र अभ्यास गर्न पाउँछन् भने सशुल्क रुपमा प्रश्नपत्रहरूको सेट खरिद गरी असीमित अभ्यास गर्न पनि सकिनेछ ।

वेभसाइट र मोबाइल एप्लिकेशनको निर्माता कम्पनी माकुरा क्रियसन्स प्रालिका प्रबन्ध निर्देशक स्वागत भेटुवालका अनुसार यस प्रविधि सामान्य प्रयोगकर्ताले मात्र नभई विभिन्न इन्स्टिच्युटहरुले पनि प्रयोग गर्नसक्नेछन् । इन्स्टिच्युटहरुले यस वेभसाइट र मोबाइल एप्लिकेशनमा आफ्नो साखाको सम्बन्ध नलिएर खातामा लगइन गरि विद्यार्थीहरुलाई अभ्यास गराउनसक्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर