सुशान्त सिंह राजपुत बसेको फ्ल्याट ६ महिना देखी खाली , आखिर यसकारण त्यहा बस्न मान्दैनन् मान्छे — OSNepal

सुशान्त सिंह राजपुत बसेको फ्ल्याट ६ महिना देखी खाली , आखिर यसकारण त्यहा बस्न मान्दैनन् मान्छे

LC (KTM) June 15, 2021 0

कल्पना गर्नुहोस् त यदि कुनै घरमा झुण्डिएर आत्म ह त्या गरेको छ कसैले भने त्यो घरमा बस्न कत्तिको डरमर्दाे हुन्छ भनेर । थाहा नपाउँदा त जो कोही बस्छ तर थाहा पाई पाई कोही पनि बस्न खोज्दैन । हो यस्तै भएको छ बलिउड अभिनेता सुशान्त सिंह राजपुत बसेको फ्ल्याटमा ।

जब सुशान्तको निधन जुन १४ मा भयो त्यहा देखी केही महिना सम्म त्यो फ्ल्याट अनुषन्धान अधिकारीहरुको निगरानीमै रहेको थियो । अहिले पनि अनुषन्धान त चलिनै रहेको छ तर फ्ल्याट भने ६ महिना यता कसैले पनि खरीद गरेको छैन ।

सुशान्त जुन फ्ल्याटमा बस्थे, त्यो फ्ल्याटको भाडा मासिक ५ लाख रुपैंयाँ थियो । यो फ्ल्याटको भाडा तीन हिस्सामा बाँडिएको थियो । पहिलो वर्ष सुशान्तले मासिक ४ लाख ३० हजार, दोस्रो वर्ष ४ लाख ५१ हजार र तेस्रो वर्ष ४ लाख ७४ हजार रुपैंयाँ दिन्थे ।

अहिले यो फ्ल्याटमा कोही बस्न मानेका छैनन् । कोरोनाका कारण फ्ल्याटका लागि मान्छे नपाएको बताइएको छ । अर्को प्रमुख कारण सुशान्तको आत्म ह त्यालाई मानिएको छ । अभिनेताले आत्म ह त्या गरेका कारण मानिसहरु फ्ल्याटमा बस्न डराइरहेका छन् । सम्पत्ति खरीद बिक्रि डिलरले सो फ्ल्याटलाई महिनाको ४ लाख भाडा दिन तयार भएका छन् । तर पनि त्यो फ्ल्याटमा कोही पनि बस्न आएका छैनन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर