हिमाली जिल्ला मुगुलाई कोरोना कहरमा प्रवासी नेपालीहरुको सहयोग — OSNepal

हिमाली जिल्ला मुगुलाई कोरोना कहरमा प्रवासी नेपालीहरुको सहयोग

LC (KTM) June 15, 2021 0

युद्घबहादुर मल्ल/ मुगु- गैर आवासिय नेपाली संघ अफ्रिकाले विकट हिमाली जिल्ला मुगुलाई अक्सिजन सहितको सिलिण्डर सहयोग गरेको छ । एनआरएनए अफ्रिकाले सहयोग गरेका ७० किलोका १० थान अक्सिजन सहितका सिलिण्डर जिल्ला अस्पताल मुगुलाई हस्तान्तरण गरिएको हो ।एनआरएनए अफ्रिकाले सहयोग गरेका भरी सिलिण्डर पत्रकार महासंघ मुगुका अध्यक्ष नृपेन्द्र बहादुर मल्लले जिल्ला अस्पताल मुगुका एम.डि चिकित्सक कविर पौडेंललाई मंगलबार हस्तान्तरण गर्नु भएको थियो ।

सुविधा सम्पन्न ठाँउहरुमा विकल्प हुने भएपनि दुर्गम जिल्लाहरुमा कोहि विरामी परे अक्सिजनको अभावमा ज्यान गुमाउनु नपरोस भनेर एनआरएनए अफ्रिकाको नेपालमा तत्काल अक्सिजन सहयोग अभियान अन्तरगत मुगु जिल्ला अस्पताललाई १० थान सिलिण्डर सहयोग गरेको अध्यक्ष मल्लले बताउनु भयो ।
भैरहवाबाट पठाईएका उक्त सिलिण्डरहरु मुगुसम्म पु¥याउने स्थानिय रुपमा संयोजन पत्रकार महासंघ मुगुका अध्यक्ष नृपेन्द्र बहादुर मल्ल,अछाम पत्रकार महासंघका सस्थापक अध्यक्ष वेद प्रसाद तिमिल्सैना र एनआरएनए अफ्रिकाका क्षेत्रिय संयोजक रोशन थापाले गर्नु भएको थियो ।अभियान अन्तरगत बोत्स्वाना अध्यक्ष पदम भण्डारी,कङ्गो अध्यक्ष अमृत क्षेत्री,मोजाम्विक अध्यक्ष सारदा पौडेंल राय, एनआरएनए समन्वय समितीहरु र सदस्यहरुले अक्सिजन सिलिण्डर खरिदका लागी सहयोग गर्नु भएको हो ।

जिल्लामा कोरोना संक्रमितहरुको संख्या बढदै जान थालेपछि सक्रिय विरामीहरुलाई जिल्लामा अस्सिजन अभाव नहोस भनेर सहयोगका लागी एनआएएनए अन्तराष्टिय समितीका पुर्व कोषाध्यक्ष तथा विश्वको एघारौ धनी नाईजेरियाको डांगोटे ग्रुपका खाद्य सेक्टरका महाप्रवन्धक हिक्मत थापासंग पत्रकार नृपेन्द्र बहादुर मल्ल र धरानका कृष्ण प्रसाद कोईरालाले सम्पर्क गरेपछि थापाले विकट हिमाली जिल्ला मुगुमा अक्सिजन सहितका सिलिण्डर पठाउन सहयोग जुटाउनु भएको थियो ।

भैरहवाबाट नेपालगंजसम्म अछाम पत्रकार महासंघका सस्थापक अध्यक्ष वेद प्रसाद तिमिल्सैना र नेपालगंजबाट मुगु सम्म छायाँनाथ बचत तथा ऋण सहकारी सस्था मुगुले ढुवानी सहयोग गरेका छन ।राज्यले दुर दराजका जनतालाई सेवा दिन नसकिरहेको अवस्थामा निजी क्षेत्रबाट प्रवासमा रहेका नेपाली दाजुभाईहरुले गरिव,निमुखा जनताको जिवन बचाउन गरेको सहयोग साच्चै भगवान नै साक्षार उपस्थित भए जस्तै भएको र आगामी दिनमा पनि गरिव,निमुखा,दुर्गमका जनताका आई पर्ने विभिन्न समस्यामा मलम लगाउन सहयोग गरिदिन पनि चिकित्सन कविर पौडेलले आग्रह गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर