मिस धरान २०२२ को अनलाइन आवेदन खुल्यो — OSNepal

मिस धरान २०२२ को अनलाइन आवेदन खुल्यो

LC (KTM) June 09, 2022 0

धरान । फेशन नगरीको रुपमा चिनिने धरानका युवतीहरुको प्रतिभा प्रष्फुटनको लागि फेशन हब नेपाल तथा ब्ल्याक पिग इन्टरटेनमेन्टको आयोजनामा सौन्दर्य प्रतियोगिता “मिस धरान २०२२ ” आयोजना हुने भएको छ। कम्तीमा एसईई उतिर्ण तथा १२ कक्षा पढ्दै गरेका धरानका युवतीहरुलाई सहभागी गराइने कार्यक्रम यो बर्षदेखि धरानमा आयोजना हुदै आएको छ।
आयोजक ब्ल्याक पिग इन्टरटेनमेन्टका निर्देशक हरिहाङ्ग तिगेलाका अनुसार मिस धरान २०२२ को आवेदन खुल्ला गरिएको छ र अनलाइनसंगै एसएमएसबाट समेत आवेदन दिन सकिने छ भने आवेदन नि:शुल्क गरिएको छ।

मिस धरानको अफिसियल फेसबुक पेज www.facebook.com/missdharanofficial मा रहेको अनलाइन फर्म shorturl.at/uxBLW अथवा मोबाइलको म्यासेज बक्समा गई MD <स्पेस > सहभागीको नाम, उचाई, उमेर ,ठेगाना र शिक्षा टाइप गरि ३३००१ मा पठाउनु पर्नेछ ।

अनलाइन तथा एसएमएसबाट आएका आवेदनहरूका आधारमा असार दोस्रो साता मिस धरान २०२२को अडिसन सुरु हुनेछ । मिस धरान २०२२ को कोरियोग्राफी मिस तामांग २०१९ प्रदेश १ बिजेता तथा मिस टुरिज्म क्विन वर्ल्डवाइड २०१९ मा बेस्ट इस्माइलको टाइटल बिजेता प्रोजिता लामाले गर्नेछिन्।

अडिसनबाट छानिएका प्रतियोगीहरुलाई बीस दिन व्यक्तित्व विकास, फेशन, र्याम्प वर्क, सौन्दर्य, पर्यटन, इतिहास, क्याटवर्कलगायतका अन्य विभिन्न विषयहरुमा सम्बन्धित क्षेत्रका विज्ञहरुबाट प्रशिक्षण दिइने छ। मिस धरान २०२२ बिजेता , फर्स्ट रनर अप , सेकेन्ड रनर अपसंगै मिस ट्यालेन्ट, मिस फोटोजेनिक, मिस चार्मिङ, मिस व्यूटिफुल स्माइल, र मिस पर्सनालिटी, मिस व्यूटिफुल कम्लेक्सन लगायतका बिभिन्न सब -टाइटलको उपाधिसंगै बिजेताहरुलाई आकर्षक पुरस्कारको समेत व्यवस्था गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर