आमिर खानको फिल्म लगानले २० बर्ष पुरा गर्यो , फिल्मका क्रुर क्याप्टेन रसेलको गरे यस्तो खुलासा , गायत्री मन्त्र सुन्नकै लागि आमिर बिहानै पुग्थे सेटमा — OSNepal

आमिर खानको फिल्म लगानले २० बर्ष पुरा गर्यो , फिल्मका क्रुर क्याप्टेन रसेलको गरे यस्तो खुलासा , गायत्री मन्त्र सुन्नकै लागि आमिर बिहानै पुग्थे सेटमा

LC (KTM) June 15, 2021 0

बलिउडको महसुर फिल्म लगानले आज आफ्नो २० बर्ष पुरा गरेको छ । बलिउडको बक्स अफिसमा धमाल मच्चाएको यस फिल्म ओस्कार जित्ने दौडमा पनि सामेल भएको थियो । यस फिल्मको मुख्य अभिनेता समेत रहेका आमिर खान लगान बनाउँदाको अनुभवलाई दोस्रो पटक जिउन नचाहेको प्रतिक्रिया दिएका छन् ।

आशुतोष गोवारिकरको निर्देशनमा बनेको यस फिल्मका बारेमा सुपरस्टार आमिर लगान फिल्म फेरी अर्काे पटक बनाउने कुरा भए आफु यस फिल्म नखेल्ने बताउँछन् । किनकी दोस्रो पटक लगानको तयार गर्न आफुमा हिम्मत नभएको उनको भनाई छ । यो फिल्म संग जोडिएका हरेक घटनाहरु आफ्ना लागि एकदमै यादगार रहेको उनले बताएका छन् ।

उनले यस फिल्ममा अभिनय गर्ने सबै कलाकार संग आफु सम्पर्कमै रहेको बताएका छन् । यो फिल्मको अभिनेता ब्ल्याकथर्न जो यो फिल्ममा एकदमै क्रुर क्याप्टेन रसेलको भुमीकामा रहेका छन् उनलाई एकदमै मिस गरीरहने खानले बताए । उनी वास्तबिक जिवनमा एकदमै नम्र स्वभावको र सेटमा सबैलाई बिनी द पुह पढेर सुनाउने गरेको उनी संझिन्छन् । हरेक बिहान उनले गायत्रि मन्त्र पढेर सुनाउने गरेको र त्यतिबेला आफुलाई आनन्द आउने गरेको बताएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर