सप्तरीमा चट्याङ लागेर रामजी र सत्यनारायणको मृत्यु,गएका थिए भैंसी चराउन — OSNepal

सप्तरीमा चट्याङ लागेर रामजी र सत्यनारायणको मृत्यु,गएका थिए भैंसी चराउन

LC (KTM) June 09, 2022 0

सप्तरी, २६ जेठ:

सप्तरीको बोदे बर्साइन नगरपालिका(३ मधुवनमा चट्याङ लागेर बिहीबार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बोदे बर्साइन नगरपालिका(३ मधवन बस्ने ५६ वर्षीय रामजी यादव र सोही गाउँ बस्ने ८० वर्षीय सत्यनारायण यादव छन् ।

दिउँसो गाईभैंसी चराउन खेतमा गएको बेला दुबै जनासँगै रहेको बेला चट्याङ लागेको सप्तरीको प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिएका छन् ।
चट्याङ लागेपछि उनीहरूलाई उपचारको लागि बोदे बर्साइन लाईफ लाइन केयर हस्पिटल प्रा।ली लग्ने क्रममा बाटोमै मृत्यु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर