अमेरिकी सेनाका एशिया–प्रशान्त क्षेत्र प्रमुख नेपालमा — OSNepal

अमेरिकी सेनाका एशिया–प्रशान्त क्षेत्र प्रमुख नेपालमा

LC (KTM) June 09, 2022 0

काठमाडौँ, २६ जेठ -अमेरिकी सेनाका एशिया–प्रशान्त क्षेत्र प्रमुख चाल्र्स ए फ्लिन चारदिने औपचारिक सद्भावना भ्रमणका लागि आज नेपाल आउनुभएको छ । उहाँलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाका रथी बालकृष्ण कार्कीले स्वागत गर्नुभएको थियो । नेपाली सेनाका अनुसार उहाँले शुक्रबार सैनिक मुख्यालय जङ्गी अड्डाको भ्रमणका साथै प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

उहाँको भ्रमण तालिकाअनुसार सगरमाथाको आधार शिविर पुग्ने तथा आइतबार उहाँले काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको समेत भ्रमण गर्नुहुनेछ ।
उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गर्ने बताइएको छ ।

नेपालस्थित अमेरिकी राजदूतावासका अनुसार नेपाल र अमेरिकाबीच कायम रहेको दशकौँ लामो रक्षा सहकार्यको निरन्तरताका रूपमा उहाँको भ्रमण हुन लागेको हो । भ्रमणका क्रममा फ्लिनले नेपाल सरकारका उच्च नेतृत्वसँग पनि शिष्टाचार भेटघाट गर्नुहुने जनाइएको छ । उहाँले आफ्नो बसाइका क्रममा नेपालले राष्ट्रसङ्घीय शान्ति सेनामा पु¥याइरहेको भूमिकाको प्रशंसा गर्दै वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको अवलोकन तथा विपद् पूर्वतयारी, प्रतिकार्य तथा मानवीय सहायताका क्षेत्रमा अमेरिकी सहयोगका विविध विषयमा पनि छलफल गर्नुहुने जनाइएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर