बुबा भुवन केसीको फिल्ममा पारस बन्दै छोरा अनमोल केसी, भदौ देखि छायाँकन सुरु — OSNepal

बुबा भुवन केसीको फिल्ममा पारस बन्दै छोरा अनमोल केसी, भदौ देखि छायाँकन सुरु

LC (KTM) June 10, 2022 0

एजेन्सी । नेपाली फिल्म जगतका सदावहार नायक भुवन केसी कुशल अभिनेता मात्र नभएर एक सफल निर्माता पनि हुन् । जति पनि उनको निर्माणमा बनेका चलचित्रहरु छन् सबै सफल र ब्लकबस्टर रहेका छन् ।अब उनै नायक तथा निर्माता केसीको सुपर काजल फिल्म्सले ‘पारस’ बनाउने भएको छ । एक संचारमाध्यम संगको कुराकानीको क्रममा भुवनले ‘पारस’ फिल्म अब फ्लोरमा जाने बताए ।

भाद्र देखि छायाँकन हुने यस फिल्ममा केसीले आफ्नै छोरा तथा मेघास्टार अनमोललाई मुख्य भुमिकामा राख्नेछन् । हिरोईनको भने खोजी तिब्र रुपमा भईरहेको छ । भुवन केसीले निर्देशक र अन्य कलाकारहरुको फाईनल भईनसकेको बताए । फिल्म एक्सन लभस्टोरीमा आधारीत रहेको छ । यस फिल्मलाई नायक भुवन केसीले नै गर्ने संभावना समेत रहेको बिशेष स्रोतले जनाएको छ । सुपर काजल फिल्म्सले निर्माण गर्ने भनेको अर्को फिल्म ‘माइतीघर २’ तत्काल नबन्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर