रोनाल्डोको अर्काे कीर्तिमानी , लगातार ५ फरक संस्करणका युरोकप खेल्ने पहिलो खेलाडी — OSNepal

रोनाल्डोको अर्काे कीर्तिमानी , लगातार ५ फरक संस्करणका युरोकप खेल्ने पहिलो खेलाडी

LC (KTM) June 15, 2021 0

फुटबलका बादशाह पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले फेरी अर्काे कीर्तिमानी बनाएका छन् । उनले लगातार पाँच फरक संस्करणको युरोपियन च्याम्पियनसिप खेल्ने पहिलो खेलाडी बन्दै कीर्तिमानी बनाएका हुन् ।

११ शहरमा जारी १६ औं संस्करणको युरोकप अन्तर्गत हंगेरीविरुद्ध खेल्ने टिमको सुरुवाती ११ मा परेसँगै रोनाल्डोले कीर्तिमान बनाएका हुन् । टिमका कप्तान समेत रहेका रोनाल्डो हंगेरीसँग खेल्ने पोर्चुगलको सुरुवाती ११ मा परेका छन् ।

३६ वर्षीय रोनाल्डो यस अघि चार संस्करणको युरोकप खेलिसकेका छन् । यो संस्करणमा खेले संगै उनले लगातार ५ संस्करणको युरोकप खेल्नेछन् । रोनाल्डोले पहिलो पटक सन् २००४ , २००८, २०१२,२०१६ र अहिले २०२१ मा गरी पाँच पटक युरोकप खेल्ने पहिलो खेलाडी बन्न सफल भएका छन् ।

२०१६ मा रोनाल्डोको कप्तानीमा पोर्चुगलले उपाधि जितेको थियो ।रोनाल्डोले चारै संस्करण गोल समेत गरेका छन् । रोनाल्डोले डेब्यु संस्करणमा २ गोल गरेका थिए । त्यसपछिको संस्करणमा क्रमश १,३ र ३ गोल गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर