खगेन्द्र लामिछानेको फिल्म पानीफोटोको मोसन पोस्टर सार्वजनिक , साउन १३ मा रिलिज हुदै — OSNepal

खगेन्द्र लामिछानेको फिल्म पानीफोटोको मोसन पोस्टर सार्वजनिक , साउन १३ मा रिलिज हुदै

LC (KTM) June 10, 2022 0

पशुपति प्रसादको अपार सफलता पछि निर्देशक तथा अभिनेता खगेन्द्र लामिछानेको अर्काे बहुप्रतिक्षित फिल्म पानीफोटोका मोसन पोस्टर सार्वजनिक भएको छ । यस फिल्मको लेखन तथा निर्देशन लामिछाने आफैले गरेका छन् । मोसन पोस्टरमा फिल्मका मुख्य कलाकार खगेन्द्र र मेनुका प्रधान अटाएका छन् ।फिल्ममा मेनुका प्रधान संगै अनुप बराल र मलिका महतको मुख्य भूमिका रहेको छ ।

मन्जुश्री फिल्म प्रोडक्सनको प्रस्तुति रहेको फिल्मलाई दीपक बज्राचार्यले छायाँकन गरेका छन् । निमेष श्रेष्ठले सम्पादनको काम गरेका छन् । खगेन्द्रको यसअघिको पशुपति प्रसादलाई दर्शकले अत्यन्तै रुचाएका थिए । अब यस फिल्मलाई पनि दर्शकहरुले प्रतिक्षा गरेर बसिरहेका छन् । ‘पानीफोटो’ साउन १३ गते रिलिज हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर