फिल्म ‘डलर एयुडी’ निर्माण हुने — OSNepal

फिल्म ‘डलर एयुडी’ निर्माण हुने

LC (KTM) June 10, 2022 0

फिल्म ‘डलर एयुडी’ निर्माण हुने भएको छ । बिहीबार साँझ राजधानीमा आयोजित एक कार्यक्रमकाबीच फिल्म निर्माण घोषणा गरिएको हो । लामो समयदेखि नेपालको मौलिकतालाई जोगाउन विविध मनोरजानात्मक कार्यक्रमको आयोजना गर्दै आइरहेको एएसएपी इन्टरटेन्मेन्टले अ चलचित्र निर्माण गर्न लागेको हो ।

सन्तोष अधिकारी फिल्मस् र अमारियाको प्रोडक्सनको सयुक्त निर्माणमा बन्न लागेको चलचित्रमा अर्पण थापा, मेनुका प्रधान, सन्तोष अधिकारी लगायतको अभिनय रहने छ ।देवकुमार श्रेष्ठको निर्देशन रहने फिल्ममा सन्तोष अधिकारीले निर्माण गर्न लागेका हुन् ।

चर्चित फिल्म ‘आमा’मा सह-लगानी गरेका अधिकारी लामो समयदेखि अस्ट्रेलियामा बसोबास गर्दै आएका छन् ।नेपालबाट अष्ट्रेलिया जाने नेपालीको जीवन कथाको बिषयमा निर्माण हुने फिल्मको सह–निर्मातामा धर्मराज अधिकारी, गंगाराम वाग्ले, अरुण श्रेष्ठ, अन्जना अधिकारी, तृष्णा गुरुङ लगायत रहेका छन् । अष्ट्रेलियामा छायांकन हुने बताइएको फिल्मको कथा सन्तोष अधिकारीले लेखेका हुन् । जसको पट्कथा चे शंकरले तयार पारेका छन् ।

अस्ट्रेलियन छायाकार राय (RAH) को सिनेमाटोग्राफी , मनोरन्जन श्रेष्ठको सम्पादन अजय कुमार अधिकारीको गीत , सुरेश राई र सन्तोष मिश्रको संगीत रहने चलचित्रको सम्पूर्ण छायांकन अस्ट्रेलियामा गरिने बताइएको छ ।समयमा सार्वजनिक गर्ने निर्माण पक्षले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर