१२ बर्ष पछि दक्षिण भारतीय सुपरस्टार रजनीकान्त र ऐश्वर्या राय एउटै पर्दामा देखिदै — OSNepal

१२ बर्ष पछि दक्षिण भारतीय सुपरस्टार रजनीकान्त र ऐश्वर्या राय एउटै पर्दामा देखिदै

LC (KTM) June 10, 2022 0

दक्षिण भारतीय सुपरस्टार रजनीकान्त र ऐश्वर्या रायलाई फेरी एउटै पर्दामा देखिने भएको छ । ऐश्वर्या राय अब तमिल फिल्म थलैयावार १६९ मा रजनीकान्त संग देखिन लागेकी हुन् । मणिरत्नमको तमिल फिल्म ‘पुन्निइ सेल्भान’पछि ऐश्वर्या आगामी फिल्म ‘थलैयावार १६९’मा ‘रोबोट’ को–स्टार रजनीकान्तसँग देखिने भएपछि दर्शक एकदमै उत्साहित भएका छन् ।

फिल्मलाई ‘बिस्ट’ फेम्ड निर्देशक नेल्सन दिलीपकुमारले निर्देशन गर्ने भारतीय संचारमाध्यमहरुले जनाएका छन् । यस फिल्मको रोचक पक्ष के छ भने ४८ वर्षीया अभिनेत्री ७० वर्षीय अभिनेताको पत्नीको भूमिकामा अभिनय गर्दैछिन् । फिल्ममा संगीत कम्पोज अनिरुद्र रविचन्द्रले गर्ने भएका छन् ।

धेरै दर्शकको मन जित्न सफल यो जोडी १२ वर्षअघि शंकरद्वारा निर्देशित फिल्म ‘रोबोट’मा संगै देखिएका थिए ।फिल्मको मुख्य भूमिकामा राम्या कृष्णा र प्रियंका अरुल मोहनले समेत अभिनय गर्ने भएका छन् । सन् २०२२ अगस्टदेखि यो फिल्म फ्लोरमा जाने बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर