नवल खड्काको फिल्म काँडेतारको टिजर सार्वजनिक — OSNepal

नवल खड्काको फिल्म काँडेतारको टिजर सार्वजनिक

LC (KTM) June 10, 2022 0

नेपाली फिल्म ईतिहासमा राष्ट्रिय भावनाले ओतप्रोत चलचित्र बनाउन माहिर मानिन्छन् निर्देशक तथा कलाकार नवल खड्का । उनका अधिकांश फिल्म राष्ट्रियताका सवाल संग जोडिएका हुन्छन् । उनै खड्का द्धारा निर्देशित चलचित्र ‘काँडेतार’को टिजर रिलिज भएको छ  । फिल्मको टिजर शुक्रबार युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

यो फिल्मको लेखन शिवम् अधिकारी र नवलले गरेका हुन् । फिल्ममा चर्चित अनुहारहरु देख्न सकिन्छ । कलाकारहरुमा नवल खड्का, गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरीका साथै बाल कलाकार नादिया खड्का र सनया खड्का रहेका छन् मणि थापा र दीपक शर्माको संगीत रहेको यस फिल्मको छायांकन भने सौरभ लामाले गरेका हुन् ।

फिल्ममा श्री श्रेष्ठको द्वन्द्व र कविराज गहतराजको कोरियोग्राफी रहेको छ । नवल खड्का, माकिको राई र अञ्जु केसीको निर्माण रहेको फिल्मकी कार्यकारी निर्माता सत्यकला राई रहेकि छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर