एकजना मानिसका ७८ जना श्रीमती , श्रीमतीको लिस्टमा १२ बर्षिया बालिका पनि — OSNepal

एकजना मानिसका ७८ जना श्रीमती , श्रीमतीको लिस्टमा १२ बर्षिया बालिका पनि

LC (KTM) June 10, 2022 0

एक ब्यक्ति जसका ७८ जना श्रीमती भन्दा तपाई हामी जो कोहि पनि अचम्ममा पर्न सक्छौ । तर अचम्ममा नपर्नुस् किनभने एक ब्यक्तिले १२ बर्षीया बालिका सहित ७८ जनालाई आफ्नो श्रीमती । अब उनको बारेमा नेटफ्लिक्समा एउटा डकुमेन्ट्री रिलिज हुन लागेको छ । जसमा उनका सबै कालो करतुतहरु खुल्नेछन् ।

ति व्यक्तिको नाम वारेन जेफ्स हो। हाल, ६६ वर्षीय वारेन बाल यौन दुर्व्यवहारको लागि आजीवन काराबास काटिरहेका छन्। तर एक समय थियो, जब उनको आफ्नै फरक शक्ति थियो। उनका अनुयायीहरूले उनलाई अगमवक्ता वा ईश्वरको दूत मान्थे। उनले दर्जनौं विवाह मात्र गरेनन्, उनले धेरै केटीहरुको शोषण समेत गरेका थिए ।‘डेली स्टार’मा प्रकाशित समाचारका अनुसार तथाकथित धर्म प्रचारक वारेन जेफ्सले आफूलाई भगवानको दूत भनेका थिए ।

९० को दशकमा उनका १० हजार फलोअर्स थिए । आफ्नै छुट्टै गुट चलाउने गरेका थिए । उनको फार्म हाउसमा करिब ५ सय बालबालिका र महिला बस्थे । यसै क्रममा उनले १२ वर्षीया केटीसँग विवाह गरे । उनले यो विवाहलाई ‘आध्यात्मिक विवाह’भनेका छन् ।वारेनले एक वा दुई होइन दर्जनौं केटीको शोषण गरेका थिए । उनका श्रीमतीको सूचीमा युवा युवतीहरू पनि परेका थिए ।

मिडिया रिपोर्टका अनुसार, वारेनको लगभग ७८ पत्नीहरू थिए। जसमध्ये २४ श्रीमती १७–१८ वर्षको उमेरमा मात्रै रहेका थिए ।तर, उनको शक्ति लामो समय टिक्न सकेन र सबै गुनासो पछि उनी अमेरिकी अनुसन्धान एजेन्सी एफबीआईको रडारमा आए । पछि उनलाई मोस्ट वान्टेडको सूचीमा राखियो । उनी सन् २००६ मा पक्राउ परेकी थिए । एक वर्षपछि उनको फार्म हाउसमा छापा मारेर सबै बालबालिकारमहिलाहरूलाई रिहा गरिएको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर