दक्षिण भारतीय अभिनेता कमल हसन अभिनीत चलचित्र ‘विक्रम’ ले पाँच दिनमा कमायो २ सय करोड — OSNepal

दक्षिण भारतीय अभिनेता कमल हसन अभिनीत चलचित्र ‘विक्रम’ ले पाँच दिनमा कमायो २ सय करोड

LC (KTM) June 11, 2022 0

मुम्बई । दक्षिण भारतीय चर्चित अभिनेता कमल हसन अभिनीत चलचित्र ‘विक्रम’ ले दुई सय करोड कमाएको छ । पाँच दिनमा विश्वव्यापी रुपमा दुई सय करोड भारतीय रुपैयाँ कमाइ भारतीय सञ्चार माध्यमले जनाएका छन् । दुई सय करोड क्लबमा समावेश भएको यो चलचित्रका बारेमा भारतीय बजार विश्लेषक रमेश बालाले ट्वीट गर्दै लेखेका छन्, ‘विक्रमले विश्वव्यापी रुपमा दुई सय करोड कमाएको छ ।’ साथै भारतीय विश्लेषकले यो चलचित्रले बक्स अफिसमा राम्रो प्रदर्शन गरिरहेको हुँदा छिट्टै पाँच सय करोड कमाइ गर्ने अनुमान गरेका छन् ।

चलचित्रले समीक्षक तथा दर्शकको राम्रो साथ पाएको छ । अभिनेता हसनको मुख्य भूमिका रहेको यो चलचित्रलाई लोकेश कनागराजले निर्देशन गरेका हुन् । चलचित्रमा हसनसँगै विजय सेतुपति र फहाद फासिलको अभिनय छ ।सौर्य दैनिकमा खबर छ । थ्रिलर जनराको यो चलचित्र हिन्दी, कन्नड, तमिल, मलयालम र तेलुगु भाषामा प्रदर्शन भइरहेको निर्माण पक्षले जनाएको छ । अहिले यो चलचित्रसँगै बलिउड अभिनेता अक्षय कुमार र अभिनेत्री मानुषी छिल्लर अभिनीत चलचित्र ‘सम्राट पृथ्वीराज’ पनि प्रदर्शन भइरहेको छ । भारतीय सञ्चार माध्यमका अनुसार अक्षयको चलचित्रले बक्स अफिसमा खासै प्रभाव जमाउन सकेको छैन । यो चलचित्रले पाँच दिनमा ४८ करोड ६५ लाख भारु कमाएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर