मनोज र अस्मिता अधिकारीको 'खोलीको पानी' मा समारिकाको अभिनय — OSNepal

मनोज र अस्मिता अधिकारीको ‘खोलीको पानी’ मा समारिकाको अभिनय

LC (KTM) June 11, 2022 0

काठमाडौं, २८ जेठ:

नेपाली संगीत आकाशमा स्थापित गायिका तथा सुरिलो स्वरकी धनी अस्मिता अधिकारी र उदियमान गायक मनोज खनालको स्वरमा रहेको खोलीको पानी बोलको लोक आधुनिक गीत सार्वजनिक भएको छ । गीतमा नेपाली साहित्यका अनेक आयाममा कलम चलाउने गीतकार बिष्णु भण्डारीको शब्द र सरोज पोखरेलको संगीत छ ।

गीतलाई सुनिल परियारले एरेन्ज गरेका हुन्। समारिका ढकाल र प्रिन्स विस्वकर्माको अभिनय रहेको गीतको भिडियोमा साजन कट्टेलको निर्देशनमा रहेको छ। दोधारमा रहेकी आफ्नी प्रेमिकासँगको भलाकुसारिलाई गीतमा उत्कृष्ट ढंगले प्रस्तुत गरिएको छ। मौलिकतामा आधारित उक्त गीत सरोज पोखरेल नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर