काठमाडौँमा घरको पाँच तलामाथिबाट छतबाट खस्दा ३७ वर्षीय जितेन्द्रको मृत्यु, गहिरो शोकमा परिवार — OSNepal

काठमाडौँमा घरको पाँच तलामाथिबाट छतबाट खस्दा ३७ वर्षीय जितेन्द्रको मृत्यु, गहिरो शोकमा परिवार

LC (KTM) June 11, 2022 0

काठमाडौं, २८ जेठ :

काठमाडौंको नागार्जुन नगरपालिकामा एक व्यक्ति घरको पाँच तलामाथिबाट खस्दा मृत्यु भएको छ।

मृत्यु हुनेमा नागार्जुन नगरपालिका-४ सितापाइला घर भएका ३७ वर्षीय जितेन्द्र श्रेष्ठ रहेको महानगरीय प्रहरी परिसरका प्रवक्ता दिनेशराज मैनालीले बताए ।

उनी शनिबार दिउँसो १२:४५ बजेको समयमा घरको छतबाट पानी भर्ने क्रममा चिप्लिएर खसेका थिए । चिप्लेर खस्दा घाइते भएका उनलाई तत्काल उपचारको लागि शुभेच्छा अस्पताल सितापाइला लगिएको भए पनि उनको उपचारकै क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

माइला बिक आज दिनभर त्रिशुली थ्री ए को प्रशारण लाइनमा माइला हिँड्दा प्राधिकरणलाई ६० लाख घाटा भएको रहस्य खोले कुलमानले : नुवाकोटको ककनी गाउँपालिकामा त्रिशुली थ्री ए को प्रशारण लाइनमा माइला बिक आज दिनभर झु ण्डि एर बसेका कारण नेपाल विद्युत प्राधिकरणले ६० लाख रुपैयाँ हाराहारी घाटा बेहोर्नुपरेको छ ।

प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले ५ घण्टा विद्युत उत्पादन बन्द गर्दा ठूला घाटा बेहोर्नुपरेको जानकारी दिए । ति युवकलाई प्रहरीले पनि तल झार्न प्रयास गरिहेको भएता पनि नसकेपछि उद्धारका लागि सेनालाई गुहारिएको छ । तत्काल उद्धार गर्न ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले नेपाली सेनालाई निर्देशन दिएकी छिन् । प्रशारण लाईनको तारमा दिनभर झुण्डिएरै बसेका उनलाई केही सिप नलागे पछि हेलिकप्टर बाट भए पनि उद्धार गर्न सेनालाई मन्त्री भुसालले निर्देशन दिएकी हुन् ।

उनले ट्विटरमा लेखेकी छन्, ‘विद्युत लाइनको जोखिमलाई ध्यान दिएर हेलिकप्टरबाट भए पनि उद्धार गरौं ।’नुवाकोटको बेलकोटगढी नगरपालिका–१२ का माइला विक शनिबार दिउँसो ककनी गाउँपालिका– ७ मा त्रिशुली मातातीर्थ प्रशारण लाइनको तारमा चढेर बसेका छन् ।

उनलाई त्यहाँ बाट उतार्न प्रहरी र स्थानीयबासी लागे पनि असफल भएका छन् । अहिले सो क्षेत्रको प्रशारण लाइनमा बिद्युत प्रबाह रोकिएको छ । बिककै सुरक्षाका लागि भनेर त्रिशुली थ्री ए र नजिकका अरु साना विद्युत गृहबाट उत्पादन बन्द गरेको प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले बताए ।

प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङका अनुसार विद्युत उत्पादन बन्द गर्नुपर्दा घण्टामा १० देखि १२ लाख रुपैयाँ बराबर घाटा भइरहेको छ । लामा नुवाकोटको बेलकोटगढी नगरपालिका १३ घले गाउँका माइला विक शनिवार बिहानदेखि २ सय २० केभीको प्रशारण लाइनमा हिँडिरहेका छन् । बिहान ९ बजे प्रशारण लाइनको टावरबाट सबैभन्दा माथिल्लो लाइनमा पुगेका उनलाई अपराह्न साढे ४ बजेसम्म उद्धारको प्रयास सफल हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर