हजारौ वालेनहरु जन्मनुपर्छ अव — OSNepal

हजारौ वालेनहरु जन्मनुपर्छ अव

LC (KTM) June 11, 2022 0

यज्ञबहादुर कार्की :

देशको स्थिति बिग्रदो छ । सायद यो बिग्राईमा हाम्रो पनि हात छ । त्यसैले दोषी हामी पनि हौ । किनकि हामीले जान्दा जान्दै पनि उही पुरानालाई मत दिएर बिजय गरायौ । पाँच बर्ष अगाडिदेखि आजसम्म के के भयो सबै थाह त थियो या सुनेका त थियौ । खै त बुद्धी पलाएको ? जग्गा जमिनका मामलामा पनि के कस्ता अनियमितताहरु भए ? ट्याक्सहरु कसरी बढाइए र किन बढाइए ? शिक्षा र रोजगारी किन राम्रो हुन सकेन ? बिकाशका करोडौँ रुपैयाँको खर्चको पारदर्शिता किन भएनन ? त्यो पनि थाह थियो । फेरी हाम्रा सुरक्षाका हकमा पनि सरकार र स्थानिय तहहरुका निकायहरुले चाहे जस्तो गर्न सकेको छैनन भन्ने थाह थियो ।

तर के गर्नु यी सब जान्दाजान्दै पनि लालचले गर्दा हाम्रो बिबेकले धर्म छोडिदियो । आश्चर्यको कुरा त यो भयो कि बिकेका बुद्धिजीवीहरुलेबाहेक स्वच्छ बुद्दिजीवी र चेतनशिल वर्गले जनतालाई यो बुझाउनै सकेनन । राजनितीका ठेकेदारहरु त जुन जोगी आए पनि कान चिरिएकै भै हाले । भोली यिनैका जन प्रतिनिधीले राम्रो काम गरेनन भनेर फेरि कुन मुखले भन्दछौ ? ल भैगयो सहेर बसौला रे । तिम्रा सन्ततिको भबिष्य चाहि के होला नि ? हाम्रा पुर्खाले राम्रो सरकार राम्रो जनप्रतिनिधी बिगतमा चुनेका रहेनछन भन्लान नि सन्ततिले ?

वास्तवमा माफियाले सरकारलाई चलाएको छ भन्ने कुरामा सबै बिस्वस्थ भै सकेकै हुन । तथापी जनता स्वंय पनि माफियाका चंगुलबाट उम्कन सक्दैनन । कारण तिनीहरुले बनाएका भित्री भित्री संगठनहरु ज्यादै मजवुत भै सकेकै छन । जनतलाई गोलबन्द गराएर त्यसलाई चिर्न ज्यादै कठिनाई छ । धेरै समय सरकार र माफियातन्त्रका बिरुद्दमा लेखिरहने यी हात अब केहि समयका निमित्त भने पनि बिश्राम पाएको छ । धेरै समयको मेहनत र चेतनाको प्रभावबाट प्रभावित भएर पनि केहि स्वतन्त्र व्यक्तित्वहरुले जनताबाट अभिमत पाएर त चुनाबमा विजय हाँसिल त गरेकै हुन तर एउटा बिषय झनै नाजुक छ ।

अब तिनीहरुलाई असफल बनाउन धेरै प्रकारका षडयन्त्रहरु चल्ने भने पक्कै निश्चित छ र हजारै वालेनहरु जस्ताका टिम नबनेसम्म वालेनले समृध्दि दिनै सक्दैनन । यदि स्वच्छ, निस्पक्ष , पारदर्शी , कानुनी राज्यको तरिकाले काम गर्ने हो भने फेरि ती भ्रष्ट कहाँ जाने ? र कसरी अय्यासी जीवन तिनीहरुले र तिनीहरुका परिवारले बिताउने ? त्यसैले सुद्दीकरणको दिशामा जानु अघि भ्रष्टहरुको छनौट गरि तिनीहरु प्रति कडा कदम चाल्न पनि हिम्मत देखाउनु पहिलो कर्तव्य अब उनीहरुको हुनेछ र आशा गरौ आगामी समय सेट नै स्वतन्त्र जन प्रतिनिनधिले नजितेसम्म वालेन स्वच्छ हराभरा र सुन्दर सहर बनाई कायापलट गर्न संकल्प गरे पनि गाह्रो मात्र हैन असम्मभव पनि देखिन्छ । अत ः यसै कार्यलाई समर्थन दिनका लागी आगामी संघिय चुनावमा स्वतन्त्र जनप्रतिनिधीहरु अत्यधिक उठी उनीहरुले बिजय हाँसिल गरि सत्तामा पुग्न जरुरी छ ।

तबमात्र बिग्रदो देशको स्थिती केहि मात्रामा भए पनि सुध्रने बाटोको तय हुनेछ । नेपाली जनताको राष्टिय कर्तव्य त्यहि हुनेछ । अन्यथा दौराको फेर समाई हाम्रो नै पछि लाग्नै नै त यी जनता हुन भन्ने भावना बोक्ने नेता महोदयका कलुषित विचारलाई साकार तुल्याउने हामी मुर्ख जनता सिवाए हाम्रो हैसियत अरु कुनैमा गणना हुने देखिदैन । बेलैमा सचेत हुन र अरलाई पनि सचेत गराउन सके यसैबाट सबै माफियाका मेसनरी तन्त्रहरु ध्वस्त हुनेछन र भविष्यमा स्वतन्त्रबाटै असल नेतृत्वको जन्म भै स्वतन्त्र नागरिक समाजको जन्म हुन पुगी देशले पनि गति लिई जनताको स्वर्णिम भबिष्यको शुत्रपात हुन जाने छ ।

अन्यथा व्यथितीको जिम्वेवार को ? भन्ने प्रश्न सदा यस धरतीमा गुंजयमान भै रहने छ र गलत नेतृत्वले सवलाई गाँजी दोषी भागी बनाई रहने छ । बिग्रदो देशको परिस्थिति झन झन बिग्रदै एकदिन देशको स्थिती बिकराल बन्न जाने छ । यसमा दुई मत छैन । अस्तु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर