कुबेत संग नेपाल पराजित भएपछि मुख्य प्रशिक्षक अलमुताईरी मैदानमै बेहोस, मैदान बाटै अक्सिजन सहित अस्पताल लगियो — OSNepal

कुबेत संग नेपाल पराजित भएपछि मुख्य प्रशिक्षक अलमुताईरी मैदानमै बेहोस, मैदान बाटै अक्सिजन सहित अस्पताल लगियो

LC (KTM) June 11, 2022 0

शनिबार राती सम्पन्न कुवेतविरुद्धको खेलमा नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरी अचेत हुँदै मैदानमै ढलेका छन् । एएफसी एसियन कप छनोट अन्तर्गत अबेर राती कुवेतविरुद्धको खेल दौरान अलमुताईरी मैदानको टेक्निकल एरियामा बेहोस हुँदै ढलेका हुन् । मैदानमा अचेत भएपछि उनलाई मेडिकल टिमले प्राथमिक उपचारपछि अस्पताल पुर्याएको थियो ।

उनलाई मैदानमै अक्सिजन लगाएर अस्पताल लगिएको थियो । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीको अहिले स्वास्थ्य अवस्था सामान्य देखिएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले मुख्य प्रशिक्षक अलमुताईरीको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएको हो । कुवेतविरुद्धको खेलमा नेपालले ४(१ को हार व्यहोरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर