एएफसी एसियन कप छनोट प्रतियोगितामा अफगानिस्तान माथि भारतको संघर्षपुर्ण जित — OSNepal

एएफसी एसियन कप छनोट प्रतियोगितामा अफगानिस्तान माथि भारतको संघर्षपुर्ण जित

LC (KTM) June 11, 2022 0

एएफसी एसियन कप छनोट प्रतियोगितामा शनिबार राति सम्पन्न खेलमा भारत बिजयी भएको छ । उसले अफगानिस्तानलाई २–१ ले पराजित गरेको हो । जारी छनोट प्रतियोगितामा भारतको यो लगातार दोस्रो जित रहेको छ । घरेलु टोली भारतले गोलका लागि ८६ मिनेटसम्म कुर्नु परेको थियो । भारतले ८६औं मिनेटमा कप्तान सुनील क्षेत्रीको गोलबाट भारतले अग्रता लिएको थियो ।

त्यसको दुई मिनेट वित्न नपाउँदै अफगानिस्तानका जुबाएर अमिरीले बराबरी गोल फर्काएका थिए । इन्जुरी समयमा सहल समादले गरेको गोल भारतको जितमा निर्णायक बन्यो । जितसँगै एएफसी एसियन कप छनोट प्रतियोगिताको समूह ‘डी’मा रहेको भारतले दुई खेलबाट ६ अंक जोडेको छ ।

समान ६ अंक जोडेको हङकङ शीर्ष स्थानमा छ । आजको खेल सँगै सुनिलको अन्तर्राष्ट्रिय गोलसख्या ८३ पुगेको छ । हाल फुटबल खेलिरहेका मध्ये सुनील धेरै गोल गर्नेमा तेस्रो स्थानमा छन् । उनीभन्दा अगाडि क्रिष्टियानो रोनाल्डो र लियोनल मेसीमात्र रहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर