लगातार दोस्रो जितसँगै भारतको सम्भावना बलियो — OSNepal

लगातार दोस्रो जितसँगै भारतको सम्भावना बलियो

LC (KTM) June 12, 2022 0

काठमाडौं, २९ जेठ :

एएफसी एसियन कप २०२३ छनोटको तेस्रो चरणमा भारतले लगातार दोस्रो जित निकालेको छ ।शनिबार घरेलु मैदान भारतले प्रतिस्पर्धात्मक खेलमा अफगानिस्तालाई २–१ अन्तरले पराजित गरेको हो । भारतको जितमा कप्तान सुनिल क्षेत्री र सहल अब्दुलले एक एक गोल गरे ।

८५औं मिनेटमा कप्तान सुनिल क्षेत्रीले गरेको गोलबाट भारतले अग्रता लिएको थियो । यद्यपि, त्यसको तीन मिनेटपछि हारुन फाखरुद्दिनले गोल गर्दै अफगानिस्तानलाई १–१ को बराबरीमा फर्काए ।

तर, निर्धारित समयको इन्जुरी मिनेटमा सहल अब्दुल समदले गोल गर्दै भारतलाई २–१ को रोमाञ्चक जित दिलाएका थिए ।

जितसँगै डी मा दुई खेलबाट ६ अंक जोडेको भारत दोस्रो स्थानमा उक्लिएको छ । समान खेल र अंकबाट हङकङ शीर्षस्थानमा छ । समूहबाट शीर्षस्थानमा रहने टोली सिधै एसिया कपमा स्थान बनाउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर