चर्चित गायिका इन्दिरा जोशीले पर्सी प्रेमी शरदसँग बिहे गर्दै — OSNepal

चर्चित गायिका इन्दिरा जोशीले पर्सी प्रेमी शरदसँग बिहे गर्दै

LC (KTM) June 12, 2022 0

काठमाडौं :

चर्चित गायिका इन्दिरा जोशी बिवाह बन्धनमा बाधिने भएकी छन् । उनी प्रेमी तथा फेसन डिजाइनर शरद केडियासँग जेठ ३१ गते बिवाह बन्धनमा बाधिन लागेकी हुन् । गायिका जोशीले इन्स्टाग्राममार्फत निमन्त्रणा पत्र सार्वजनिक गर्दै विवाह गर्न लागेको जानकारी गराएकी हुन् ।

उनले लेखेकी छन् ‘भगवानको कृपा र परिवारको आशीर्वादले हामीले विवाह गर्ने निर्णय गरेका छौं । यो खुसी तपाईंहरूसँग बाँड्न पाउँदा आनन्द महसुस गरेको छु। यस्तै प्रेम र आशीवार्द वर्षभरि दिनुहोला। यो सम्बन्ध सधैं सुन्दर रहनेछ’ ।

शरदले इन्दिरालाई इन्गेजमेन्ट औंठी लगाइदिएपछि इन्दिराले बिहेको प्रस्ताव स्वीकार गरेकी थिइन्। यो जोडीले आज मेहन्दी लगाइरहेको तस्विर बाहिर आएको थियो । तस्विर साडी लगाएकी इन्दिरा अत्यन्तै सुन्दर देखिएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर