प्रियंका कार्की र सरिता गिरीको मुख्य भूमिकामा वेब सिरिज ‘साहु बा’ निर्माण हुने — OSNepal

प्रियंका कार्की र सरिता गिरीको मुख्य भूमिकामा वेब सिरिज ‘साहु बा’ निर्माण हुने

LC (KTM) June 14, 2022 0

काठमाडौं :

वेब सिरिज ‘साहु बा’ निर्माण हुने भएको छ । सिरिजमा प्रियंका कार्की र सरिता गिरीको मुख्य भूमिका रहने छ । सुजोय योङले निर्देशन गर्ने सिरिज सोमबार काठमाडौंको अनामनगरस्थित मन्दिरमा सिरिजको मुहूर्त गरियो ।

मंगलबारदेखि छायांकन हुने थ्रिलर सिरिज काठमाडौं आसपासमा खिचिने भएको छ । फ्रेम इन प्रोडक्सनले निर्माण गर्ने सिरिजमा प्रियंका र सरितासहित अमितेष शाह, कविता नेपाली, नम्रता श्रेष्ठ, शेखर चापागाईं, कविता नेपाली र प्रदीप बाँस्तोलाको मुख्य भूमिका छ ।

सिरिजमा सरिताले मुख्यमन्त्री र प्रियंकाले प्रहरी इन्सपेक्टरको भूमिका निर्वाह गर्नेछन् । सरिता सिरिजमा कास्टिङ निर्देशक समेत हुन् । सिरिज पहिलो सिजनमा १३ एसिपोड छायांकन हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर