प्रदिप खड्का र दिया मास्के अभिनित फिल्म ‘प्रकाश’ यी ४ देशमा महंगो मूल्यमा बिक्री — OSNepal

प्रदिप खड्का र दिया मास्के अभिनित फिल्म ‘प्रकाश’ यी ४ देशमा महंगो मूल्यमा बिक्री

LC (KTM) June 14, 2022 0

काठमाडौं :

चलचित्र ‘प्रकाश’को चार देशका लागि ओभरसिज राइट्स विक्री भएको छ । चलचित्र निर्माण टिमले चलचित्रको महंगो मूल्यमा अष्ट्रेलिया, क्यानडा, अमेरिका र यूरोप अधिकार विक्री गरेको हो ।

दिनेश राउतको निर्देशनमा निर्माण भएको चलचित्रको टिजरलाई सकारात्मक प्रतिक्रिया आएपछि विदेशबाट फिल्मको राम्रो माग आएको हो । आगामी भाद्र १० गतेबाट प्रदर्शनमा आउने चलचित्रले एक युवाले शिक्षक बन्न गर्ने संघर्षको कथा प्रस्तुत गरेको छ । चलचित्रले जनयुद्धमा सहभागी बेपत्ता योद्धाको परिवारको कथा देखाएको बुझ्न सकिन्छ ।

चलचित्रमा प्रदिप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाही लगायतका कलाकारको अभिनय रहेको छ ।जुम्लामा छायाँकन भएको चलचित्रले त्यहाँको परिवेशलाई टिपेको छ । चलचित्रलाई बिकास सुबेदीको लेखन गरेका हुन् ।

मा राजेश श्रेष्ठको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर