‘किड्स अफ द इयर इन्टरनेशनल २०२२’ को पहिलो अडिसन सम्पन्न — OSNepal

‘किड्स अफ द इयर इन्टरनेशनल २०२२’ को पहिलो अडिसन सम्पन्न

LC (KTM) June 14, 2022 0

काठमाडौँ । ‘किड्स अफ द इयर इन्टरनेशनल’ को चौथो संस्करण सुरु भएको छ । बालबालिकाको प्रतिभा निखार्दै उनीहरुलाई भविष्य निर्माणमा सक्षम बनाउने उदेश्यले रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले नियमित आयोजना गर्दै आएको प्रतियोगीताको पहिलो अडिसन समेत सम्पन्न भएको छ ।

बनेपास्थित लिटिल स्टार फन पार्कमा आयोजित ‘किड्स अफ द इयर इन्टरनेशनल २०२२’ को पहिलो अडिसनमा ४० प्रतियोगी छनौट भएका छन् । अडिसनमा एकसय बढी बालबालिकाको सहभागीता रहेको थियो । प्रतियोगीताको अर्काे अडिसन छिट्टै आयोजना हुने आयोजकले जनाएको छ ।

अन्तर्राष्ट्रिय फेसन कोच राज फैजु, अन्तर्राष्ट्रिय फेसन डिजाइनर श्रीषा बैदार र चर्चित अभिनेत्री संञ्चिता लुइटेल अडिसनको निर्णायकमा रहेका थिए ।७ वर्षदेखि १३ वर्षसम्मका विद्यालय अध्ययनरत बालबालिकाको सहभागित रहने प्रतियोगीताको दोस्रो अडिसनपछि छानिएका सबै प्रतियोगी बिभिन्न प्रशिक्षणमा जुट्ने छन् । शो क्रममा उनीहरुलाई बिभिन्न बिधामा अन्तराष्ट्रिय मापदण्ड अनुसार अन्तराष्ट्रिय प्रतियोगीताका लागि तयार गरिनेछ ।

अन्तर्राष्ट्रिय फेसन कोच राज फैजुको कोरियोग्राफी रहने प्रतियोगितामा श्रीषा बैदार फैजुले प्रतियोगीका ड्रेस डिजाइन तयार गर्नेछिन् । फाइनल स्पर्धाको मिति केही पछि सार्वजनिक गरिने बताइएको प्रतियोगीतामा शीर्षसहित दर्जन बढी उप–विजेता छानिने छन् । विजेताहरुले उपाधिका साथमा बिभिन्न गिफ्ट समेत प्राप्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर