यूइएफए नेसन्स लिग - नेदरल्यान्ड र बेल्जियम विजयी — OSNepal

यूइएफए नेसन्स लिग – नेदरल्यान्ड र बेल्जियम विजयी

LC (KTM) June 15, 2022 0

काठमाडौं – यूइएफए नेसन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा नेदरल्यान्ड र बेल्जियम विजयी भएका छन् । समूह ‘ए’ को ४ खेलमा नेदरल्यान्डले वेल्सलाई ३–२ अन्तरले पराजित गर्‍याे।

नेदरल्यान्डको जितमा नोआ लाङ, कोडी गाक्पो र मेम्पिस डिपाएले एक–एक गोल गरे । वेल्सका लागि ब्रेनन जानसन र गेराथ वेलले एक–एक गोल गरे । यस्तै, अर्को खेलमा बेल्जियमले पोल्यान्डलाई १–० अन्तरले पराजित गर्यो । बेल्जियमको जितमा मिच बातसुआयीले निर्णायक गोल गरे ।

खेलसँगै नेदरल्यान्ड १० अंकसहित शीर्ष स्थानमा छ । ७ अंकको बेल्जियम दोस्रो स्थानमा रहँदा पोल्यान्ड ४ अंकसहित तेस्रो र १ अंकको वेल्स पुछारमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर