थापाको आक्रोश : संसदबाट हटाउने ल्याकतसम्म नभएकाहरूले ओलीको राजीनिमा माग्ने ? — OSNepal

थापाको आक्रोश : संसदबाट हटाउने ल्याकतसम्म नभएकाहरूले ओलीको राजीनिमा माग्ने ?

LC (KTM) June 16, 2021 0

काठमाडौँ २ असार । प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहाकार सुर्य थापाले ओलीलाई संसदबाट हटाउने ल्याकतसम्म नभएकाहरूले किन राजिनामा भनिरहेको भन्दै प्रश्न गरेका छन् । थापाले झण्डै डेढ बर्षदेखि फगत बर्बराइरहेका केही मानिसहरुले ओलीले राजिनामा दिनुपर्छ भन्दै आएको बताएका छन् ।
उनले यस्ता मानिसहरुलाई महाधिवेशन गरेर नयाँ अध्यक्ष र आम चुनाव गरेर प्रधानमन्त्री दिन सुझाव समेत दिएका छन् । केही मानिसहरू सधै बर्बराउछन्- केपी शर्मा ओलीले राजिनामा दिनुपर्छ !यो सपनामा कि विपनामा- थाहा पाउँदैनन्। झण्डै डेढ बर्षदेखि फगत बर्बराइरहेछन।

थापाले सामाजि सञ्जाल मार्फत भनेका छन् , ‘महाधिवेशन गरेर नयाँ अध्यक्ष र आम चुनाव गरेर प्रधानमन्त्री दिए भइहाल्छ ! संसदबाट हटाउने ल्याकतसम्म नभएकाहरूले किन राजिनामा भनिरहेका होलान्र’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर