करको दररेटमा कुनै राष्ट्रघात भएको छैन : अर्थमन्त्री शर्मा — OSNepal

करको दररेटमा कुनै राष्ट्रघात भएको छैन : अर्थमन्त्री शर्मा

LC (KTM) June 16, 2022 0

काठमाडौं २ असार । अर्थमन्त्री जनार्दन शर्माले करको दररेटमा राष्ट्रघात भएको प्रमाणित भए जिम्मेजारी लिन तयार भएको बताएका छन् । बिहिबार बसेको

संसद बैठकमा अर्थमन्त्री शर्माले बजेटबारे उठेका प्रश्नको जवाफ दिँदै करको दरहरु कायम गर्दा कुनै राष्ट्रघात नगरिएको दावी गर्दै यस्तो बताएका हुन् ।
राजस्वसम्बन्धी समिति बनाएका करका दररेटहरुप्रति आफु पुर्ण जिम्मेवार भएको

दावी गरेका शर्माले भने, ‘जस्वसम्बन्धी समिति बनाएका करका दररेटहरुप्रति म पूर्ण जिम्मेजार छु, जवाफदेही छु, त्यसमा कतै राष्ट्रघात, गद्दारी भएको छ भने त्यसको म पूर्ण जिम्मेवारी लिन्छु, किनकी यहाँ कुनै राष्ट्रघात भएको छैन ।’

डलरको सञ्चिति, आयात र उत्पादनलाई समेत ध्यानमा राखेर दरहरु परिवर्तन गरिएको बताएका उनले आफुबाट कुनै राष्ट्रघात नभएको दावी गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर