सडक र पेटीमा थुप्रिएको पुतलीसडकको फोहर उठ्यो — OSNepal

सडक र पेटीमा थुप्रिएको पुतलीसडकको फोहर उठ्यो

LC (KTM) June 17, 2022 0

काठमाडौँ-लामो सयमदेखि पुतली सडकको मूल सडक र पेटीमा थुप्रिएको फोहर बिहानै उठाउँदै । सडक पेटीमा फोहर थुपार्दौ पैदलयात्रु भने सडकबाट हिँड्ने क्रम अन्त्य हुने भएको छ । तस्बिर ः पूर्णप्रसाद मिश्र÷रासस

पोखरामा राष्ट्रिय साइक्लिङ प्रतियोगिता हुँदै
पोखरामा राष्ट्रिय साक्लिङ प्रतियोगिता हुने भएको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा शनिबार उक्त प्रतियोगिता हुने भएको हो ।

साइक्लिङ सङ्घ कास्की र साइकल सिटी पोखराको सहआयोजनामा प्रतियोगिता हुन लागेको हो । पैतालीस किलोमिटर दूरीको सो प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको समितिका सदस्यसचिव सुवास खड्काले जानकारी दिनुभयो । महिला र पुरुष विधामा प्रतियोगिता हुनेछ । पोखरा–१६ स्थित कालीखोलाको पुलबाट सुरु हुने प्रतियोगिता ¥यालेचौर, मौजा, आँटीघर, अर्मलाकोट, ढिकीडाँडालगायत स्थान हुँदै सोही स्थानमा नै आएर सम्पन्न हुने छ ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः रु ३० हजार, रु २० हजार र रु १० हजार पुरस्कार, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदार पछिल्लो समय साइक्लिङमा धेरैको रुचि बढेकाले प्रतियोगताका माध्यमबाट साइक्लिङलाई खेलकै रूपमा विकास गर्न मद्दत पुग्ने बताउनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर