३ महिना देखी मालिक आउने बाटो हेर्दै मुगुको एक कुकुर — OSNepal

३ महिना देखी मालिक आउने बाटो हेर्दै मुगुको एक कुकुर

LC (KTM) June 17, 2022 0

जनावर मात्र भनेर हुदैन । यहि जनावरले मानिसको भन्दा राम्रो र कठिन काम सजिलै गर्ने गरेको कुराहरु हामीले आँखै अगाडी देख्दै आएका छौ । यस्तै एक कुकुरले ३ महिना देखी आफ्नो मालिकलाई कुरेको कुरै छ । यो घटना अरु काहिँको नभएर मुगुको डिभिजन बन कार्यालयको हो । तीन महिनाअघि प्रहरीले घोरल सिकार गर्ने तीन जनालाई मुगमकार्मारोङ गाउँपालिका–१, चितैकुनाबाट पक्राउ गरेको थियो। घोरल मार्दै गरेको देखेपछि स्थानीयले प्रहरीलाई सुचना दिएका थिए ।

प्रहरी पुग्दा तीन जना पक्राउ परे भने एक जना फरार भए। ती फरार व्यक्तिले आफ्नो कुकुर अरू साथीहरूसँगै छाडेका थिए। प्रहरीले तीन जना सँगसँगै कुकुर पनि संगै ल्याईएको थियो । त्यतिबेला देखि नै यो कुकुर आफ्नो मालिकको प्रतिक्षामा बन कार्यालय परिषरमै रहदै आएको छ । वन कार्यालयले पक्राउ परेका तीन र फरारसमेत गरी चार जनाविरूद्ध मुद्दा चलाएको थियो ।

उनीहरू त्यही गाउँका चेम्पा तामाङ, टासी तामाङ, छिमेक तामाङ र दावा छोर्देन तामाङ हुन्। कुकुर चाहिँ दावा छोर्देन तामाङको रहेको छ ।तर दावा भने छुटिसकेका छन् । तर उनै दावाको बाटो हेरेर बसिरहेको छ कुकुर । सिकारी कुकुर भएको प्रमाण पुगे मार्न सकिनेसम्मको कानुन रहेको छ। तर अनुसन्धान गर्दा घोरलको सिकार कुकुरले नै गरेको हो भन्ने प्रमाणित नभएकोले कुकुरले भने उन्मुक्ति पाएको हो ।

उसको मालिक संग सम्पर्क नभएकोले कुकुर अहिले कार्यालय परिषरमै रहेको छ । कुकुरको देखभाल वनरक्षक टेकबहादुर रोकायले गरिरहेका छन्। बिहानबेलुकी मासु भात खुवाउने जिम्मा उनकै छ। आवश्यक पर्दा औषधिसमेत खुवाउने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर