इन्डोनेसियामा गयो शक्तिशाली भूकम्प — OSNepal

इन्डोनेसियामा गयो शक्तिशाली भूकम्प

LC (KTM) June 16, 2021 0

जाकार्ता, २ असार – इन्डोनेसियामा बुधबार शक्तिशाली भूकम्प गएको छ । देशको पूर्वी क्षेत्रमा पर्ने मालुकु प्रान्तमा केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्प गएपछि सुनामीको खतरा भने नरहेको अधिकारीहरुले बताएका छन् ।

भूकम्पले गरेको क्षतिका बारेमा पनि कुनै विवरण प्राप्त नभएको जनाइएको छ । स्थानीय समय अनुसार बुधबार बिहान ११.४३ मा भूकम्प गएको थियो । भूकम्पले पारेको असरका बारेमा विवरण संकलन गर्ने कार्य भइरहेको अधिकारीहरुले जनाएका छन् । इन्डोनेसियामा बर्सेनि दर्जनौं पटक भूकम्प आउने र ठूलो धनजनको क्षति हुने गरेको छ । (रासस-सिन्ह्वा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर