न्यून आय भएका परिवारलाई बाख्रा वितरण — OSNepal

न्यून आय भएका परिवारलाई बाख्रा वितरण

LC (KTM) June 18, 2022 0

सुनसरी कोसी गाउँपालिका– ५ का न्यून आय भएका परिवारलाई गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमअन्तर्गत बाख्रा वितरण गरेपछि खुसी हुँदै कृषक । तस्बिर ः अजितकुमार झा÷रासस

पहिराले बेँसीसहर–चामे सडक पुनः अवरुद्ध
बेँसीसहर चामे सडक पहिराका कारण पुनः अवरुद्ध भएको छ । शुक्रबार दिउँसोदेखि सञ्चालनमा आएको यस सडकमा अविरल वर्षासँगै बेँसीसहर नगरपालिका–६ खरखरे भीरमा आज बिहान पहिरो जाँदा पुनः अवरुद्ध भएको हो ।

खरखरे भीरमा ठुला–ठुला ढुङ्गासहितको पहिराले सडक अवरुद्ध बनाएपछि यात्रु बिहानदेखि नै अलपत्र परिरहेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जगदीश रेग्मीले बताउनुभयो । उहाँले भन्नुभयो, “त्यहाँ ठूलो पहिरो विगतमा गएकाले हल्का पानी पर्दा पनि पहिरो जाने र सडक अवरुद्ध हुने ठाउँ हो, झन केही दिनयता ठूलो वर्षा भइरहेकाले पहिराले सडक अवरुद्ध बनाइरहेको छ ।” प्रहरीका अनुसार १०÷१५ मिटर सडक नै अवरुद्ध बनाएको छ । सोही वडाको बेलौती बिसना नजिकै पनि पहिराले सडक अवरुद्ध बनाएको छ ।

यतिबेला डुमे्र–बेँसीसहर–चामे सडक योजना कार्यालय लमजुङको स्काभेटरले खुलाउने प्रयास गरे पनि कति समय लाग्ने यकिन नभएको बताइएको छ । बेँसीसहर चामे सडक लमजुङ र मनाङ जिल्ला जोड्ने एकमात्र सडक हो ।—

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर