इजरायलको रोजगारी पुन: सुरु गर्न पहल — OSNepal

इजरायलको रोजगारी पुन: सुरु गर्न पहल

LC (KTM) June 20, 2022 0

काठमाडौं :

रोजगारीका लागि इजरायल जान छनौट भएर रोकिएका युवा पठाउने सम्बन्धमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयले पहल अघि बढाएका छन् ।

इजरायलको परराष्ट्र मन्त्रालय सम्वद्ध कर्मचारीहरूको श्रम विवादका कारण छनौट भई इजरायल प्रस्थानको चरणमा रहेका नेपाली नेपाली सहयोगी कामदारहरूको भिषा जारी हुन नसकेपछि दुईदेशबीच छलफल भइरहेको छ ।

श्रम समस्याका कारण अन्तिम छनौट भएर रोकिएका नेपाली कामदार पठाउने कार्य सुचारु हुन नसकेपछि पुन: सूचारु गर्न वैकल्पिक उपायको खोजी गरी यथाशीघ्र कामदार पठाउने प्रकृया अघि बढाउन नेपालले पहल सुरु गरेको हो ।यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर