बाँस्कोटाको अपिल : रोगमाथि विजय प्राप्त गर्न नेता खनाललाई शान्तिपुर्वक उपचार हुन देऊ — OSNepal

बाँस्कोटाको अपिल : रोगमाथि विजय प्राप्त गर्न नेता खनाललाई शान्तिपुर्वक उपचार हुन देऊ

LC (KTM) June 16, 2021 0

काठमाडौँ २ असार । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले एमालेका वरिष्ठ नेता झलनाथ खनालकोशान्तिपूर्वक उपचार हुन दिन आग्रह गरेका छन् । स्वास्थ्य उपचारको लागि आज नेता खनाल दिल्ली गएका हुन् । उनले यपचार गर्न जानु अघि पार्टी एकताको लागि सबैले पहल गरौँ भन्दै आग्रह गरी एक वक्तव्य जारी गरेका थिए ।

यही विषयमा लिएर नेकपाको सत्ता पक्षमा खैला बैला नै भएको थियो । यही विषयलाई लिएर नेता बाँस्कोटाले समेत उहाँलाई रोगमाथि विजय प्राप्त गर्न हौसला दिने हो । तनावपूर्ण राजनीतिमा झोस्नु सर्वथा गलत भएको बताएका छन् । नेता माधव नेपाललाई संकेत गर्दै बाँस्कोटाले उहाँका खास मान्छे दावा गर्नेले पार्टीको प्रमुख र देशको प्रधानमन्त्री भइसकेको नेताद्वारा जारी अपिलमाथि कुन रोटी बेल्न प्रश्न खडा गरेको भन्दै अचम्म मानेका छन् ।

बाँस्कोटाले लेखेका छन्, ‘कमरेड झलनाथ खनाललाई शान्तिपूर्वक उपचार हुन देऊ । उहाँलाई रोगमाथि विजय प्राप्त गर्न हौसला दिने हो । तनावपूर्ण राजनीतिमा झोस्नु सर्वथा गलत । अझ उहाँका खास मान्छे दावा गर्नेले पार्टीको प्रमुख र देशको प्रधानमन्त्री भइसकेको नेताद्वारा जारी अपिलमाथि कुन रोटी बेल्न प्रश्न खडा गरेको रु अचम्म !’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर