बिश्वकै सबैभन्दा ठुलो केक तयार — OSNepal

बिश्वकै सबैभन्दा ठुलो केक तयार

LC (KTM) June 21, 2022 0

बिश्वमा अनेक खालका रेकर्ड र कीर्तिमानीहरु रहेका छन् । बेलायतमा यस्तै एउटा रेकर्ड बनेको छ । विश्वकै अहिलेसम्मकै सबैभन्दा ठूलो आकारको ‘जाफा केक’ तयार गरिएको छ ।यस केकमा एकसय साठी वटा अन्डा, आठ किलोग्राम डार्क चकलेट र पन्ध्र किलोग्राम अरेन्ज जेली मिसाएर बनाईएको छ । यो केकलाई ‘ग्रेट ब्रिटिस बेक अफ’का पूर्वविजेता फ्रान्सेस क्विन र म्याकभिटिज कम्पनीका कर्मचारीहरूले तयार पारेका हुन् ।

यस केक एकसय पचहत्तर सेन्टिमिटर व्यासको रहेको छ । यो केकको आकार सामान्य आकारका छ हजार पाँच सय सन्ताउन्न वटा जाफा केक बराबर छ । क्विनले बेलायतको गट ट्यालेन्ट प्रोग्रामको १५ औँ वार्षिकोत्सवको अवसरमा असी किलोग्रामको यो केक तयार गरेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर