सभामुख महोदय! किसानहरुले मल पाउँछन् कि पाउँदैनन् : सांसद यादव — OSNepal

सभामुख महोदय! किसानहरुले मल पाउँछन् कि पाउँदैनन् : सांसद यादव

LC (KTM) June 23, 2022 0

काठमाडौं ९ असार । नेपाली कांग्रेसका सांसद प्रमोद यादवले सभामुख अग्निप्रसाद सापकोटालाई किसानले कहिले मल पाउने भन्दै प्रश्न गरेका छन् ।

बिहिबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसद यादवले बोल्दै किसानले मल पाउँछन् कि पाउँदैनन् भन्दै सभामुखमार्फत सरोकारवाला मन्त्रालयसँग जवाफ माग गरेका हुन् ।

‘किसानहरुको प्रश्न छ, मल आउँछ कि आउँदैन रु सम्बन्धित निकायलाई म यहि सदनमार्फत प्रश्न गर्न चाहन्छु आउँछ भने अझै पनि केही बिग्रेको छैन । किसानहरूले अझै स्वीकार्नुहुनेछ ।’ सांसद यादवले भने ।

नेपाललाई कृषि प्रधान देश भनिएपनि मल नआउँदा किसानहरूले क्षेत्रबाट जिताएर मुखिया बनाए पनि मलको समस्या समाधान गर्न नसकेको भन्दै उनले गुनासो समेत गरेका छन् ।

साथै, उनले रुपन्देहीको मर्चवार अन्न भण्डार भनिएपनि खानेपानीको व्यवस्था नभएको भन्दै यस विषयमा सरकारको ध्यानाकषर्ण गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर