दोर्दीमा घरैपिच्छे खानेपानीका धारा – OSNepal

दोर्दीमा घरैपिच्छे खानेपानीका धारा

Osnepal Admin (KTM) June 24, 2022 0

लमजुङ, १० असार :
लमजुङको दोर्दी गाउँपालिकामा घरैपिच्छे खानेपानीको धारा जडान गरिएको छ ।दोर्दी गाउँपालिकाले ५ वर्षको अवधिमा १ हजार ९ सय ७२ घरधुरीमा खानेपानीको सुविधा पुर्याएको हो
गाउँपालिकाले ०७४र०७५ सालदेखि हालसम्म ४१ वटा योजना निर्माण गरी १ हजार ९ सय ७२ घरधुरीलाई खानेपानीको व्यवस्था गरेको हो ।

गाउँपालिकाले खानेपानीको सुविधा नपुगेको र खानेपानीका लागि समस्या भएका ठाउँमा खानेपानीको योजना निर्माण गरिएको हो । गाउँपालिकाका नागरिकको आवश्यकतालाई मध्येनजर गरी काम गरेको गाउँपालिका अध्यक्ष युवराज अधिकारीले बताए । यसअघि घण्टौ लागेर पानी बोक्नुपर्ने दोर्दीका नागरिक अहिले घरमै धारा आएपछि खुसी भएका छन् ।

Leave a Reply

Your email address will not be published.

भर्खर