महाधिवेशन सार्ने प्रस्तावमा निणर्य गर्न,आज कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै — OSNepal

महाधिवेशन सार्ने प्रस्तावमा निणर्य गर्न,आज कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

LC (KTM) June 17, 2021 0

काठमाडौं ३ असार। नेपाली कांग्रेसको आज केन्द्रीय कार्यसमिति बैठक बस्दै छ । पार्टीको १४ औँ महाधिवेशनको विषयमा छलफल गर्न आज पार्टी केन्द्रीय कार्यालय सानेपामा
दिउँसो २ बजे बैठक बस्ने भएको हो ।

यो भन्दा अघिको बैठकले भदौ ७ गतेको लागि तय गरिएको महाधिवेशन भदौ १६ गते गर्ने गरी प्रस्ताव अघि सारेको हुनाले यस विषयमा निणर्य गर्न आज केन्द्रीय कार्यसमितिको बैठक बस्न लागेको हो । बैठकमा कोरोना महामारी हटने भने ताकिएको समयमा कसरी महाधिवेशन गर्ने अर्को महत्वपुर्ण विषयमा पनि छलफल हुने भएको छ ।

कोरोनाकै कारणले क्रियाशील सदस्यता वितरण र नवीकरणका काममा ढिलाइ हुँदा पूर्वनिर्धारित समयमा केहि हेरफेर गरी महाधिवेशन सम्पन्न गर्ने बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर