अन्तरीक्षमा कहाँ बाट आयो यस्तो दुर्गन्ध ? एक अन्तरीक्षयात्रीले गरे खुलासा — OSNepal

अन्तरीक्षमा कहाँ बाट आयो यस्तो दुर्गन्ध ? एक अन्तरीक्षयात्रीले गरे खुलासा

LC (KTM) June 26, 2022 0

बिज्ञान र प्रबिधिको प्रयोगले संसारलाई साँघुरो बनाई दिएको छ । त्यसैले पनि अहिले बिज्ञान र प्रबिधिले लामै छलाङ मारेको देखिएको छ । मानिसहरु पृथ्वी देखी चन्द्रमा सम्मको यात्रा तय गरिसके । यो कुरा अब कुनै नौलो समेत रहेन । यसैक्रममा हाल आएर सबै अन्तराष्ट्रिय अन्तरीक्ष केन्द्रमा निकै दुर्गन्ध फैलिएको अनुषन्धानकर्ताहरुको दाबि रहेको छ । मासु ग्रिल गर्दा बढि डढेर बिग्रिएको जस्तो गन्ध त्यहाँ फैलिएको एक अन्तरीक्षयात्रीले दाबी गरेका छन् ।

स्पेस स्टेसनमा त्यसरी गन्ध फैलिनुको कारण भने अलि फरक रहेको छ । त्यो गन्ध अन्तरीक्षयात्रीले खानका लागि लगेको मासु कुहिएर भने पक्कै पनि आएको होइन । वास्तवमा अन्तरीक्षयात्रीले धेरै अपानवायु छाड्न थालेपछि त्यसरी गन्हाएको दाबी गरिएको छ । अन्तरीक्षमा १ सय ८६ दिन बिताएका अन्तरीक्षयात्री टिम पिकले स्पेस स्टेशनको दुर्गन्धको बारेमा पहिलो पटक खुलासा गरेका हुन् ।

एक पडकास्टका क्रममा ८ वर्षीय बालकले सोधेको प्रश्नको जवाफ दिने क्रममा उनले अन्तरीक्षयात्रीहरुले पृथ्वीमा भन्दा अन्तरीक्षमा धेरै अपानवायु छाड्ने र सोही कारण स्पेस स्टेशनमा अनौठो गन्ध आउने खुलासा गरेका हुन् । उक्त बेला ति अन्तरीक्षयात्रीलाई तपाइँले हेलमेट लगाइरहेको बेलामा डर्कादा कस्तो हुन्छ ? तर त्यसको जवाफ दिने क्रममा उनले अन्तरीक्षमा मानिसलाई डकार नै नआउने अनौठो खुलासा गरे ।

उनका अनुसार अन्तरीक्षमा खानेकुरा खाएपछि त्यसको पाचन प्रक्रिया जारी रहँदा पेटमा उत्पन्न हुने ग्यास सरीरमा अन्ननलीबाट माथितर्फ आउँदैन । यसको अर्थ पेटको ग्यास छाड्ने एउटामात्रै बाटो भनेको मलद्वार नै हो । त्यसैले यस्ता बिकार पदार्थ मलद्धार मार्फत अपानवायूको रुपमा बाहिर जाने हुनाले गन्ध आएको बताईएको छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर