यात्रु बनेर लिफ्ट मागेका ३ जनाले कुटपिट गर्दै लुटेर भागे — OSNepal

यात्रु बनेर लिफ्ट मागेका ३ जनाले कुटपिट गर्दै लुटेर भागे

LC (KTM) June 27, 2022 0

काठमाडौँ ।

कैलालीको गोदावरीमा गाडीधनी लुटिएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार भीम दत्त राजमार्ग अन्तर्गत कैलालीको गोदावरीमा उनी लुटीएका हुन् ।

डडेलधुराको आलिताल गाउँपालिकाका कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीलाई कुटपिट गरेर उनको गाडी अपरिचित व्यक्तिले लुटेको प्रहरीले जनाएको छ ।

लुट्ने व्यक्तिहरुले फिल्मी शैलीमा लुटेका छन् । महेन्द्रनगरबाट लिफ्ट मागेर आएका ३ जनाले गोदावरी ५ मा आइपुगेपछि कुटपिट गरेर गाडी लुटेर लगेको पिडितले जनाएका छन् ।

एक्कासी गाडी रोक्न लगाए र उनीहरुले फोटो खिचौं भने त्यसपछि ३ जनाले हातमुख बाँधेर ढुंगाले हानेर गाडी उतै फर्काएर लगेको पिडितले बताए ।

गोदावरीकै नन्दराम देवकोटाले पिडितलाई हात पछाडी बाँधेको अवस्थामा घाइते भएर सडक छेउमा लडिरहेको अवस्थामा उद्धार गरेर प्रहरीलाई सम्पर्क गरिदिएका थिए । घाइते भण्डारीको पद्या अस्पतालमा उपचार भइरहेकोछ । लुटेराहरुको समुहको खोजी भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर